काठमाडौँ- शैक्षिक परामर्श दाता संस्था राइटपाथ करियर काउन्सिलिङले आयोजना गरेको ‘ग्रान्ड युके एडमिसन डे’ भव्यताका साथ सम्पन्न भएको छ। सोमबार संस्थाको पुतलीसडक स्थित प्रधान कार्यालयमा आयोजित कार्यक्रम दुई सय भन्दा बढी विद्यार्थीहरूको प्रत्यक्ष सहभागितामा सम्पन्न भएको हो। अध्ययनका लागि युके जान चाहने नेपाली विद्यार्थीलाई सही र विश्वसनीय परामर्श दिने उद्देश्यका साथ विभिन्न आकर्षक अफरहरू सहित संस्थाले कार्यक्रम आयोजना गरेको थियो। बिहान १० बजे देखि लागेको विद्यार्थीहरूको भिड साँझ समापन गर्दा सम्म उत्तिकै मात्रामा देखिएको थियो। कार्यक्रममा सहभागी विद्यार्थीहरूले विदेश अध्ययन सम्बन्धी विज्ञहरूबाट महत्त्वपूर्ण ज्ञान हासिल गरेका छन्।
कार्यक्रममा सहभागी भएका प्रत्येक विद्यार्थीले राइटपाथ बाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्। त्यस्तै विदेश अध्ययन आवेदन शुल्कमा शत प्रतिशत सम्म छुटको अफर दिइएको छ भने बेलायतका उत्कृष्ट विश्वविद्यालयहरूका प्रतिनिधि सँग प्रत्यक्ष परामर्श लिने अवसर समेत प्रदान गरिएको छ। यसका साथै सहभागी विद्यार्थीहरूले युके लक्षित आकर्षक छात्रवृत्ति अफरदेखि भाषा कक्षा अध्ययनमा विशेष सुविधा पनि प्राप्त गरेका छन्।
कार्यक्रममा राइटपाथकी ब्रान्ड एम्बेसडर समेत रहेकी पूर्व मिस नेपाल अस्मि श्रेष्ठको सहभागिताले विद्यार्थीहरूको उत्साह अझै बढेको थियो। उनले राइटपाथले आजको समयमा एकदमै आवश्यक कार्यक्रम आयोजना गरेको बताइन्। उनले भनिन्, “यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई सही मार्गदर्शन दिने अवसर प्रदान गर्छ। म खुसी छु कि राइटपाथले यस्ता कार्यक्रमहरू मार्फत विद्यार्थीहरूको भविष्य निर्माणमा योगदान पुर्याइरहेको छ।”
अध्ययनका लागि युके जाने सोचमा रहेका एक विद्यार्थीले कार्यक्रममा सहभागी भएर आफूले धेरै फाइदा लिएको प्रतिक्रिया दिए। मात्र एजुकेसन सँग कुरा गर्दै उनले भने, “मैले युके अध्ययनका लागि आइएल्टिएस दिएर बसेको छु। आफ्नो सोच युके नै जाने भए पनि बजारमा सुनिएका विभिन्न कुराहरूले दुबिधा उत्पन्न भएको थियो। आज युनिभर्सिटीकै सर/म्यामले गाइड गर्नु भएपछि धेरै कुरा बुझियो। अब थप रिसर्च गरेर प्रोसेसिङ गर्नेछु।” आफूलाई कार्यक्रम एकदमै लाभदायक भएको उनको भनाई थियो।
युकेका विभिन्न विश्वविद्यालयहरू बारे रिसर्च गरिरहेकी अर्की एक विद्यार्थीले आफ्नो अनुसन्धानलाई सहयोग पुर्याएको भन्दै राइटपाथलाई धन्यवाद दिइन्। कुन ठाउँ जाने ?, कस्ता शैक्षिक संस्था छान्ने ? डकुमेन्ट बनाउँदा देखि अन्य आवेदन प्रक्रिया सम्मका आफ्ना जिज्ञासाहरू मेटिएको उनले बताइन्। उनले यस्ता शैक्षिक कार्यक्रमहरूले विद्यार्थीहरूलाई उत्प्रेरित गर्ने र भविष्यमा आउन सक्ने समस्या बाट बचाउने प्रतिक्रिया दिइन्।
कार्यक्रममा भेटिएका अन्य विद्यार्थीहरूले पनि आयोजकलाई सकारात्मक प्रतिक्रिया दिए। भर्खर प्लस टु को परीक्षा दिएका, भाषा परीक्षा तयारी गरिरहेका, त्यस्ता परीक्षामा आवश्यक अंक प्राप्त गरिसकेका देखि आफ्नो रुचि र क्षमता अनुसारको विषय पढाउने शैक्षिक संस्था छानिरहेका सम्मका विद्यार्थीहरू कार्यक्रममा भाग लिन पुगेका थिए।
सहभागी विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरू पनि राइटपाथको ‘ग्रान्ड युके एडमिसन डे’ मा लागेको घुइँचो देखेर उत्साहित थिए। कार्यक्रमको सफलता पछि राइटपाथले आगामी दिनहरूमा युकेका विभिन्न विश्वविद्यालयसँग थप गहिरो सहकार्यको योजना रहेको जनाएको छ।
युके केन्द्रित कार्यक्रम राखिएको भए पनि परामर्श क्षेत्रमा राइटपाथले आर्जन गरेको विश्वसनीयताका कारण अन्य गन्तव्यहरूका लागि बुझ्ने विद्यार्थी समेत कार्यक्रममा आएको संस्थाका व्यवस्थापक सम्राट सिंह ठकुरीले बताए।
कार्यक्रमको भव्य सफलता पछि मात्र एजुकेसन सँग कुरा गर्दै राइटपाथ करियर काउन्सिलिङका प्रमुख कार्यकारी अधिकृत (सिइओ) फिलिप डिसीले सहभागी विद्यार्थीलाई धन्यवाद दिए। उनले अपेक्षा गरे भन्दा निकै राम्रो सहभागिता देखिएको भन्दै विद्यार्थीहरूले कार्यक्रम बाट उचित लाभ लिएको विश्वास व्यक्त गरे। गुणस्तरीय शिक्षाका लागि उचित परामर्श भन्ने नारा बोकेको राइटपाथले आफ्ना हरेक गतिविधिहरूमा विद्यार्थीको अधिकतम हितलाई केन्द्रमा राख्दै आएको हुँदा कार्यक्रम उनीहरूका लागि अर्थपूर्ण बनेको उनको भनाई थियो।

