काठमाडौँ- फिनल्यान्ड अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरू माझ सर्वाधिक लोकप्रिय परामर्श दाता संस्था आइडिबि ग्लोबल सर्भिसेसले ‘स्टडी इन फिनल्यान्ड इन्फो सेसन’ सम्पन्न गरेको छ। बुधवार राजधानीको दुसित प्रिन्सेस होटलमा आयोजित कार्यक्रम उक्त गन्तव्य अध्ययन गर्न जान चाहने विद्यार्थी र सोही ठाउँको काम गर्न चाहने परामर्श व्यवसायी लक्षित थियो। कार्यक्रम करिब १०० जना सहभागीहरू माझ सम्पन्न गरिएको थियो।
कार्यक्रममा आइडिबिका प्रबन्ध निर्देशक ईश्वर घिमिरेले फिनल्यान्डको शैक्षिक प्रणालीबारे सहज र जानकारीमूलक प्रस्तुतीकरण दिएका थिए। उनले फिनल्यान्डका प्रमुख विश्वविद्यालयहरू, त्यहाँको शुल्क संरचना, छात्रवृत्तिको अवसर, कामका सम्भावना, मौसम र अन्य महत्त्वपूर्ण पक्षहरू माथि सरल तरिकाले जानकारी गराएका थिए।
कार्यक्रमको अन्त्यमा भएको प्रश्नोत्तर सत्र समेत प्रभावकारी बनेको थियो। छात्रवृत्ति, काम र पढाइको सन्तुलन, फिनल्यान्डको विद्यार्थीमैत्री वातावरण जस्ता विषयमा सहभागीहरूले आफ्नो जिज्ञासा राखेका थिए भने घिमिरेले उनीहरूको जिज्ञासा मेटाएका थिए।
आइडिबि ग्लोबल सर्भिसेसले फिनल्यान्डका प्रतिष्ठित विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूको नेपालमा प्रतिनिधित्व गर्दै आएको छ भने यो वर्ष मात्रै त्यहाँको ‘युनिभर्सिटी अफ भाषा’ ले आइडिबिलाई ‘एजेन्ट अफ दि इयर’ को उपाधिले सम्मानित गरेको छ।