काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको नतिजा शनिवार साँझसम्म प्रकाशन गर्ने तयारी गरेको छ। उत्तरपुस्तिका परीक्षण, सम्परीक्षण लगायतका सम्पूर्ण प्रक्रिया पुरा गरेर नतिजा प्रकाशनको अन्तिम तयारीमा रहेको जानकारी बोर्डले दिएको छ।
नतिजा प्रकाशन गर्नका लागि बोर्ड बैठक बोलाइएको र प्राविधिक समस्या नआएमा शनिवार नै नतिजा प्रकाशन गर्न लागिएको स्रोतले जानकारी दियो।
बोर्डले गत भदौ २५ र २६ मा लिइएको परीक्षामा एक लाख २७ हजार परीक्षार्थी सहभागी भएका छन् ।
गत साउन १८ गते सार्वजनिक गरिएको नतिजा अनुसार कुल चार लाख ९१ हजार ४९७ मध्ये नियमिततर्फ नियमिततर्फ ३ लाख ९० हजार ८६८ नियमिततर्फ ३ लाख ९० हजार ८६८ सहभागी थिए । सो परीक्षामा नियमित तर्फ २ लाख ३ हजार ८४७ विद्यार्थी उत्तीर्ण भएका थिए । सो परीक्षामा सहभागी मध्ये ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) मा पर्न सफल भएका थिए । एन जी ल्याउनेको सङ्ख्या १ लाख ८७ हजार २१ जना थिए । नन ग्रेडमा परेका मध्ये ६० हजार परीक्षार्थीले परीक्षा भने दिएका थिइनन् ।
कुल परीक्षार्थीको ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी–अनुत्तीर्ण) भएका थिए । नियमिततर्फ ३ लाख ९० हजार ८६८ विद्यार्थी मध्ये दुई लाख तीन हजार ८४७ विद्यार्थी पास भएका छन् । यसैगरी ग्रेड वृद्धितर्फ २०७८–७९ का २८।२६ प्रतिशत पास भएका छन् भने २०७६–०७७ का ६२.०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।