Matra Education आइतबार, साउन १० २०८३

काठमाडौँ जिल्लामा बन्यो शिक्षक महासंघको समिति, गणेश प्रसाद गुरागाईँ अध्यक्ष

काठमाडौँ जिल्लामा बन्यो शिक्षक महासंघको समिति, गणेश प्रसाद गुरागाईँ अध्यक्ष

  • मात्र एजुकेशन
  • शनिबार, असार २० २०८३


काठमाडौँ- नेपाल शिक्षक महासङ्घ जिल्ला समिति काठमाडौँ पहिलो पटक गठन भएको छ। शुक्रवार नेपाल शिक्षक महासङ्घका राष्ट्रिय अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा २७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।

नवगठित कार्यसमितिको अध्यक्षमा गणेशप्रसाद गुरागाईँ सर्वसम्मत चयन भएका छन्। उनी यसअघि नेपाल राष्ट्रिय शिक्षक सङ्गठन काठमाडौँ महानगरका अध्यक्षका रूपमा कार्यरत थिए।

कार्यसमितिको सह अध्यक्षमा कृष्णराज कट्टेल, उपाध्यक्षमा वासुदेव खनाल, महिला उपाध्यक्षमा तारा अधिकारी, सचिवमा नारायणप्रसाद गौतम, खुला सहसचिवमा समुन्द्र तिमल्सिना, सहसचिव (अर्थ) मा गोविन्दप्रसाद पौडेल, महिला सहसचिवमा अनिता अधिकारी तथा संस्थागत सहसचिवमा दिवसबाबु पोखरेल र रामहरि ढकाल चयन भएका छन्।

त्यसैगरी सदस्यमा सूर्यबहादुर खड्का, चक्रबहादुर विष्ट, भगवती सिलवाल, सरिताकुमारी प्रसाईँ, श्रवण बस्नेत, तारा मिश्र, सुमित्रा सिग्देल, बविता साही ठकुरी, दिनेश लामा, भरत भण्डारी, सृजना खड्का गिरी, सूर्यकुमार उपाध्याय, डिल्लीराज ज्ञवाली, विनोद खनाल, सुशीला खनाल, वीरबल्लभ घिमिरे र तेजेन्द्र सुवेदी रहेका छन्।

कार्यक्रममा नेपाल शिक्षक महासङ्घका महासचिव तुला बहादुर थापा, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका राष्ट्रिय अध्यक्ष हंसबहादुर शाही, नेपाल शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष सोमनाथ गिरी, कर्मचारी परिषद्का केन्द्रीय अध्यक्ष गंगाराम तिवारी लगायत विभिन्न शिक्षक नेताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका राष्ट्रिय अध्यक्ष हंसबहादुर शाहीले नेपाल शिक्षक महासङ्घको विधान, संरचना र नीतिमा आमूल परिवर्तन गरी महासङ्घलाई आम शिक्षकहरूको विश्वासको केन्द्र बनाउनुपर्नेमा जोड दिए। उनले शिक्षक महासङ्घको सुधारका लागि दुई वर्षअघि भएको सात बुँदे सहमति हालसम्म कार्यान्वयन नभएको भन्दै केन्द्रीय नेतृत्वप्रति असन्तुष्टि पनि व्यक्त गरे।

नवगठित कार्यसमितिका अध्यक्ष गणेशप्रसाद गुरागाईँले काठमाडौँ जिल्ला समितिको गठनसँगै जिल्ला स्तरमा शिक्षकहरूको हकहित संरक्षण, पेसागत एकता सुदृढीकरण तथा महासङ्घका गतिविधिलाई थप प्रभावकारी ढंगले अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड