Matra Education आइतबार, साउन १० २०८३

एआर एजुकेसन कन्सल्टेन्सीको युके विशेष इन्फो सेसन सम्पन्न

एआर एजुकेसन कन्सल्टेन्सीको युके विशेष इन्फो सेसन सम्पन्न

  • मात्र एजुकेशन
  • शनिबार, भाद्र ८ २०८१


काठमाडौँ- युके अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूको रोजाइको परामर्श दाता संस्था एआर एजुकेसन कन्सल्टेन्सीले युके विशेष इन्फो सेसन सम्पन्न गरेको छ। शनिवार संस्थाको पुतलीसडक स्थित कार्यालयमा आयोजित कार्यक्रम मार्फत एआरले युके अध्ययनको तयारी गरिरहेका विद्यार्थीहरूलाई उक्त अध्ययन गन्तव्य बारे आधिकारिक जानकारी गराएको हो। बिहान १० बजे देखि साँझ ५ बजेसम्म सञ्चालित उक्त जानकारी सत्र १०० भन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागितामा सम्पन्न भएको जानकारी आयोजकले दिएको छ।

‘युके स्टडी पाथवेज एण्ड काउन्सिलिङ’ नाम दिइएको उक्त कार्यक्रममा विद्यार्थीहरूले अध्ययन गन्तव्यका रूपमा युके, त्यहाँका शैक्षिक संस्थाहरू, अध्ययन शुल्क, छात्रवृत्ति, युकेको बसाइ, त्यहाँका अवसर र चुनौतीहरू बारे जानकारी प्राप्त गरेका थिए। उपस्थित विद्यार्थीहरूले एआरका दक्ष तथा अनुभवी परामर्श दाताहरू बाट युके अध्ययनका विविध आयामहरू बारे जानकारी प्राप्त गरेका हुन्। उनीहरूले ‘वान टु वान काउन्सिलिङ’ (प्रत्येक विद्यार्थीले छुट्टा छुट्टै परामर्श दातालाई भेटेर आफ्नो जिज्ञासा मेटाउने) को अवसर प्राप्त गरेका थिए। त्यस्तै विभिन्न मनोरञ्जनात्मक खेलहरूमा सहभागिता जनाउने, हाजिरीजवाफमा भाग लिएर पुरस्कार जित्ने र ‘फुड भौचर’ पाउने मौका पनि एआरमा प्राप्त गरेका थिए।

कार्यक्रम बारे मात्र एजुकेसनलाई प्रतिक्रिया दिँदै एआर एजुकेसन कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्देश मणि अधिकारीले विद्यार्थीहरूका लागि यो एउटा सुनौलो मौका भएको बताए। कार्यक्रमले युके अध्ययन सम्बन्धी जिज्ञासा मेटाउने र भ्रम चिर्ने काम एकैपटक गर्ने भन्दै उनले अगाडी भने, ‘पछिल्लो समय युके अध्ययन सम्बन्धी विभिन्न भ्रमहरू बजारमा फैलिरहेको देख्न सकिन्छ। विश्वकै सर्वोत्कृष्ट शैक्षिक संस्थाहरू भएको र नेपाली विद्यार्थीले बढी रुचाएको गन्तव्य युकेका बारे यथार्थ जानकारी विद्यार्थीहरूले पाउनुपर्छ भन्ने लागेर कार्यक्रम राखिएको हो।’ विद्यार्थीहरूको बाक्लो उपस्थिति तिर संकेत गर्दै उनले अगाडी थपे ‘विदेश जाँदै गर्दा उक्त देशका बारेमा सबै जानकारीहरू लिएर, त्यहाँका अवसर, चुनौती र अन्य अवस्थाहरू बारे बुझेर जाने हो भने समस्या पर्दैन। यस्ता कार्यक्रममा सहभागी हुने विद्यार्थीहरूले पक्कै त्यसो जानकारी प्राप्त गर्छन्।’ विद्यार्थीहरूको उत्साहजनक सहभागिताले आफूहरू उत्साहित बहेको र भोलिका दिनमा पनि यस्ता कार्यक्रम आयोजना गरिने अधिकारीले बताए।

कार्यक्रममा भेटिएका विद्यार्थीहरूले युके अध्ययन सम्बन्धी महत्त्वपूर्ण जानकारीहरू प्राप्त गरेको भन्दै आयोजकलाई धन्यवाद दिए। धेरै परामर्श दाताहरूले विदेश जानका लागि मात्रै प्रेरित गर्ने भए पनि एआरले भने त्यहाँको सबै वस्तुस्थिति जानकारी गराइदिएर आफूलाई तयार बनाएको भन्दै उनीहरूले विशेष आभार प्रकट गरे। विदेश अध्ययन गर्नका लागि एआर उत्कृष्ट छनोट भएको उनीहरूको भनाई थियो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले स्तरीय परामर्शका साथमा आकर्षक उपहारहरू समेत प्राप्त गरेका छन् । आयोजकले दिएको जानकारी अनुसार कार्यक्रममा आउने पहिलो ५० जनाले युके आवेदन दिँदा लाग्ने शुल्कमा भारी छुट प्राप्त गरेका छन्। त्यस्तै संस्थाले खेलाएको खेलहरूमा विजेता बन्न सफल २५ जनाले भाषा कक्षा निःशुल्क अध्ययन गर्न पाउने भएका छन्। यसै गरी हाजिरजवाफका विजेताहरू मध्ये सर्वोत्कृष्ट अंक प्राप्त गर्ने २५ जनाले वानेश्वर स्थित भर्टिगो रेस्टुरेन्टको विशेष छुट सहितको ‘फुड भौचर’ प्राप्त गरेका छन्। यी मध्ये कुनै विधामा नपरेका सहभागीहरूले समेत एआर बाट लिने सुविधाहरूमा विशेष छुट प्राप्त गर्नेछन्।

कार्यक्रम पश्चात् प्रतिक्रिया दिँदै एआर एजुकेसन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक रोबिन शर्माले एआर आज युके जाने विद्यार्थीहरू माझ विशेष लोकप्रिय बनेको बताए। आजको कार्यक्रममा सामान्य अवस्थामा गरिने जस्तो परामर्श मात्रै दिइएको नभई प्रत्येक शैक्षिक संस्था र प्रत्येक कोर्सका बारेमा विस्तृत जानकारी गराइएको उनले बताए। विशेष गरी युके अध्ययन गर्न जाँदा कुन शैक्षिक संस्थामा जाने? कस्तो विषय छान्ने ? छात्रवृत्तिका अवसरहरू कसरी प्राप्त गर्ने ? र उत्कृष्ट शैक्षिक नतिजा कसरी निकाल्ने भन्ने विषयमा महत्त्वपूर्ण जानकारी विद्यार्थीहरूलाई दिइएको उनको भनाई थियो।शर्माले आज सहभागी हुन नसकेका विद्यार्थीहरूले पनि एआरका विभिन्न स्थानमा रहेका शाखाहरू मार्फत स्तरीय परामर्श र भाषा कक्षाको सुविधा लिन सक्ने बताए। अपेक्षा गरेभन्दा निकै उत्कृष्ट तरिकाले कार्यक्रम सम्पन्न भएको भन्दै उनले सम्बन्धित सबै प्रति आभार प्रकट गरे।

छोटो समयमै आफ्नो अलग पहिचान स्थापित गर्दै विश्वसनीय परामर्शदाताको पहिचान बनाएको एआर एजुकेसन कन्सल्टेन्सी तपाईँका लागि उपयुक्त परामर्श दाता हुन सक्छ। युके सहित अन्य विभिन्न देशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूलाई सेवा दिँदै आएको यस संस्थाबारे थप जानकारीका लागि यहाँ क्लिक गरेर फेसबुक पेज सँग जोडिन सक्नुहुन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड