Matra Education आइतबार, साउन १० २०८३

‘फ्रि एडमिसन डे’ आयोजना गर्दै आइसीसीसी, सहभागीलाई फाइदै फाइदा

‘फ्रि एडमिसन डे’ आयोजना गर्दै आइसीसीसी, सहभागीलाई फाइदै फाइदा

  • मात्र एजुकेशन
  • शुक्रबार, साउन ११ २०८१


काठमाडौँ- क्यानडा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरूका लागि नेपालकै सबैभन्दा अनुभवी र सर्वाधिक विश्वासिलो परामर्श केन्द्र इन्टरनेसनल करियर काउन्सिलिङ सेन्टर (आइसीसीसी) ले ‘फ्रि एडमिसन डे’ आयोजना गर्ने भएको छ। आगामी अगस्ट ३ तारिखका दिन संस्थाले बिहान ११ बजे देखि दिउँसो ४ बजेसम्म कार्यक्रम आयोजना गर्ने भएको हो। यस एक दिने कार्यक्रममा आवेदन शुल्क र प्रक्रिया शुल्क पुरै छुट दिने तयारी आयोजकको छ।

उक्त ‘एडमिसन डे’ मा आइसीसीसीको अनुभवी टोलीले भर्ना प्रक्रियाका सबै चरणमा व्यक्तिगत मार्गदर्शन प्रदान गर्नेछ। त्यस्तै सहभागी हुने विद्यार्थीहरूले क्यानडा अध्ययनका लागि आवेदन दिन चाहिने योग्यता, कागजात र अन्य सबै विषय बारे तथ्यपरक जानकारी प्राप्त गर्नेछन् ।

कार्यक्रम बारे मात्र एजुकेसनलाई जानकारी दिँदै आइसीसीसीका प्रबन्ध निर्देशक राम खड्काले यो विद्यार्थीहरूका लागि एउटा सुनौलो अवसर भएको बताए। “विद्यार्थीहरूको अन्तर्राष्ट्रिय शिक्षा यात्रामा सहयोग पुर्‍याउने हाम्रो प्रतिबद्धता हो,” उनले थपे “हामी यो अनौठो अवसर प्रदान गर्न पाउँदा उत्साहित छौँ, जसले विद्यार्थीहरूलाई आवेदन शुल्कको वित्तीय भार बिना नै उनीहरूको सपनाहरू पूरा गर्न मद्दत गर्नेछ।” खड्काले थप जानकारीका लागि ०१-५९१५४५० वा ०१-५९१५४५१ मा सम्पर्क गर्न पनि अनुरोध गरेका छन् ।

क्यानडा अध्ययनको क्षेत्रमा वर्षौँको अनुभव बोकेको आइसीसीसीको यो ‘फ्रि एडमिसन डे’ विद्यार्थीहरूका लागि आफ्नो सपना पुरा गर्ने एउटा सर्वोत्कृष्ट मौका हुने विश्वास आयोजकको छ।

आइसीसीसीको बारेमा थप बुझ्न यहाँ क्लिक गरेर मात्र एजुकेसनले तयार पारेको विशेष सामग्री हेर्नुहोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड