Matra Education आइतबार, साउन १० २०८३

एआर एजुकेसन कन्सल्टेन्सीले मनायो दोस्रो वार्षिकोत्सव

एआर एजुकेसन कन्सल्टेन्सीले मनायो दोस्रो वार्षिकोत्सव

  • मात्र एजुकेशन
  • सोमबार, साउन ७ २०८१


काठमाडौँ- पुतलीसडकमा प्रधान कार्यालय रहेको एआर एजुकेसन कन्सल्टेन्सीले दोस्रो वार्षिकोत्सव मनाएको छ। आइतबार नक्साल स्थित अरन्या बुटिक होटेलमा आयोजित एक कार्यक्रमका बिच संस्थाले आफ्नो दोस्रो स्थापना दिवस मनाएको हो। कार्यक्रममा एआर एजुकेसन सँग आबद्ध भएर काम गर्ने विभिन्न संस्थाका प्रतिनिधिहरू, आमन्त्रित अतिथिहरू तथा शुभचिन्तकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित अतिथिहरूलाई स्वागत गर्दै एआर एजुकेसन कन्सल्टेन्सीकी ‘जनरल म्यानेजर’ सन्जना पाण्डेले दोस्रो स्थापना दिवस उपस्थित सबै सँग मनाउन पाएकोमा खुसी लागेको बताइन्। एआर एजुकेसन सँग जोडिएर काम गर्न पाउनु आफ्ना लागि गौरवको कुरा भएको भन्दै यो यात्रामा साथ सहयोग गर्ने सबै प्रति आभार व्यक्त गरिन्। यो दुई वर्षे यात्राले नै एआरको भविष्य सुन्दर छ भन्ने देखाएको उनको भनाई थियो।

कार्यक्रममा संस्थाले केक काटेर खुसी बाँडेको थियो भने दुई वर्षको अवधिमा आफूहरू सँग सहकार्य गर्नेहरू मध्ये ४ वटा संस्थाका प्रतिनिधिहरूलाई विशेष सम्मान गरेको थियो। कार्यक्रममा कानुनी पाटोमा सहयोग गर्ने आत्या ल फर्मका अनुपम भट्टराई, मिडिया पार्टनरका रूपमा मात्र एजुकेसनका प्रधान सम्पादक रमेश लामिछाने, आइटी पार्टनरका रूपमा प्याराडाइस आइटिका गबिस खनाल र आर्थिक सल्लाहकारका रूपमा आइ ढकाल एन्ड एसोसिएट्सका इदिप ढकाललाई संस्थाले सम्मान गर्दै उनीहरूले पुर्‍याएको योगदानका लागि आभार प्रकट गरेको थियो।

सफलताको दुई वर्ष पार गरेर तेस्रो वर्ष प्रवेश गरेको अवसरमा एआरले विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरूका लागि विशेष अफर समेत ल्याएको छ। आइतबार बाटै लागु हुने गरी जुलाई महिना भर नाम दर्ता गराउने विद्यार्थीका लागि संस्थाले आइएलटिएस, पिटिई तथा अन्य अङ्ग्रेजी भाषा तयारी कक्षाको शुल्कमा ५०% छुट दिने घोषणा गरेको छ । त्यस्तै एआर बाट विदेश अध्ययनका लागि भिसा आवेदन दिने विद्यार्थीहरूले जुलाई महिनाभित्रै नाम दर्ता गरेमा आवेदन शुल्कमा समेत विशेष छुट प्राप्त गर्नेछन्। यो अफर सीमित अवधिका लागि दिइएको हुँदा मौकाको फाइदा उठाउन संस्थाले कार्यक्रम मार्फत अनुरोध गरेको छ।

दोस्रो वार्षिकोत्सवको कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका प्रबन्ध निर्देशक रोबिन शर्माले आफूहरूको हौसला बढाउन उपस्थित भएकोमा सबैलाई धन्यवाद दिए। एक दशक शैक्षिक परामर्श क्षेत्रमा अथक मेहनतका साथ काम गरिसकेपछि आफूले सोही अनुभवका आधारमा एआर सुरु गरेको उल्लेख गरेका उनले सीमित स्रोत साधनले सुरु गरेको भए पनि आफूहरूको मेहनत र सबैको साथका कारण संस्था प्रगति तिर लम्किरहेको बताए। शर्माले सँगै मिलेर काम गर्दै सयौँ वार्षिकोत्सवहरू संस्थाले मनाउने विश्वास व्यक्त गरे।

त्यस्तै एआरका सिइओ सन्देश मणि अधिकारीले आफूहरू आजको स्थानमा सबैको साथ, सहयोग, सहकार्य र हौसलाका कारण आइपुगेको भन्दै त्यसका निम्ति धन्यवाद दिए। उनले भोलिका दिनमा पनि सबै सँगको सहकार्य जारी रहने भन्दै एआरले परामर्श व्यवसाय क्षेत्रमा स्तरीयता र विश्वसनीयताको पहिचान बनाउने धारणा राखे। वार्षिकोत्सवको अवसरमा संस्थाले दिएको अफरको फाइदा उठाउन विद्यार्थीहरूलाई अपिल गर्दै उनले औपचारिक कार्यक्रम समापन गरे।

कार्यक्रमका तस्बिरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड