काठमाडौँ- नयाँ वानेश्वर स्थित मेगामाइन्ड एजुकेसनल कन्सल्टेन्सीले आइएलटिएस तथा पिटिइको इन्फरमेसन सेसन सम्पन्न गरेको छ। बिहीबार इन्द्रेणी कम्प्लेक्समा आयोजित एक कार्यक्रमका बिच संस्थाले विदेश अध्ययनका लागि अति आवश्यक भाषा परीक्षा बारे आफ्ना विद्यार्थीहरूलाई जानकारी गराएको हो । कार्यक्रममा ‘पियरसन पिटिइका रिजनल डेभलपमेन्ट म्यानेजर’ (नेपाल भुटान) सुमन कृष्ण श्रेष्ठ र ‘आइडिपि आइएलटीएसकि सिनियर एक्जिक्युटिभ- बिजनेस डेभलपमेन्ट’ दिप्सनी खड्गीले विद्यार्थीहरूलाई आफू सँग सम्बन्धित भाषा परीक्षा बारे जानकारी गराएका थिए।
मेगामाइन्ड एजुकेसनल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक सञ्जय बस्नेतको सभापतित्व तथा स्वतन्त्र शैक्षिक परामर्श सङ्घ नेपाल (फेकन) का कोशाध्यक्ष दिपेन्द्र पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा न्याप्स हाइअयर एजुकेसन अस्ट्रेलियाका रिजनल म्यानेजर मुकेश धमलाले अस्ट्रेलिया अध्ययन बारे प्रस्तुति दिएका थिए। त्यस्तै विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू अतिथिका रूपमा रहेको कार्यक्रममा मेगामाइन्डका कर्मचारीहरू, शुभचिन्तकहरू सहित १०० जनाभन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले विदेश अध्ययन र भाषा परीक्षा सम्बन्धी आफ्नो जिज्ञासा मेटाउने अवसर दिएको भन्दै आयोजकलाई धन्यवाद दिए। उनीहरूले मेगामाइन्डले आफू जस्ता विद्यार्थीहरूको हितका लागि बेला बेला यस्ता कार्यक्रमहरू गर्ने गरेको हुँदा आफूहरू संस्था सँग जोडिएको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले मेगामाइन्डले स्तरीय परामर्श सेवा प्रदान गर्ने व्यवसायीको पहिचान बनाउँदै पछिल्लो समय राम्रो प्रगति गरिरहेको उल्लेख गरे। विदेश अध्ययनका विविध पक्षहरू बारे चर्चा गरेका उनले आजका विद्यार्थीहरूमा देखासेखी गरेर विदेश जाने चला बढेको भन्दै राम्रो सँग बुझेर, अनुसन्धान गरेर मात्रै जानुपर्ने धारणा राखे। विद्यार्थी भिसामा जाने भनेको कमाउन नभई शिक्षा र सीप लिन जाने हुँदा छिटै कमाउँछु भन्ने सपना बोक्न नहुने उनले बताए। अध्ययन सँगै करिब पाँच वर्ष सङ्घर्ष गरेपछि मात्रै सुनिश्चित भविष्य निर्माण गर्न सकिने हुँदा त्यसै किसिमको तयारी गरेर विदेश जान उनले सुझाए। उनले नेपाल र विदेश कहाँ अध्ययन गर्नु आफ्ना लागि उपयुक्त हुन्छ भन्ने विवेचना गरेर मात्रै निर्णय लिन र विदेश गए पनि ज्ञान, सीप लिएर अनिवार्य नेपाल फर्कन सुझाव दिए।
कार्यक्रम समापन गर्दै सभापति बस्नेतले सबैको साथ सहयोगका कारण कार्यक्रम भव्य रूपमा सफल भएको भन्दै आभार प्रकट गरे । उनले मेगामाइन्ड विदेश अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीको असल परामर्श सारथि रहेको उल्लेख गर्दै स्तरीय भाषा कक्षा तथा परामर्श सेवाका लागि सम्झन विद्यार्थीहरूलाई अनुरोध गरे । उनले उपस्थित सबैलाई मायाको चिनो प्रदान गर्दै कार्यक्रम बाट बिदाइ गरे ।
कार्यक्रमका तस्बिरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।