काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले काभ्रेपलान्चोक जिल्लामा पहिलो जिल्ला भेला सम्पन्न गरेको छ। बिहीबार बनेपा स्थित गौतम भिलेज रिसोर्टमा आयोजित भेलाले ९ सदस्यीय कार्यसमिति समेत गठन गरेको छ।
मात्र एजुकेसनलाई प्राप्त विवरण अनुसार प्रथम काभ्रे भेलाले पदम कुमार तामाङको नेतृत्वमा फेकन काभ्रे गठन गरेको छ। त्यस्तै उपाध्यक्षमा नवराज फुयाँल, सचिवमा सहदेव थापा र कोषाध्यक्षमा रविन सैजु चयन हुँदा सदस्यमा दामोदर गौतम, सागर तामाङ, मिलन थापा, निरोज गेलाल र जयराम सापकोटा रहेका छन्। यसैगरी सुनिल गिरि, सन्तोष घिमिरे र अस्मिन थापा उक्त कमिटीको सल्लाहकार चयन भएका छन्।
फेकनका केन्द्रीय अध्यक्ष राजु निरौला, महासचिव छविन्द्र ओझा, सचिव इन्द्रजित गौतम, कोषाध्यक्ष दिपेन्द्र पोखरेल, सह-कोषाध्यक्ष गौतम पुडासैनी, कार्यसमिति सदस्यहरू सञ्जय बस्नेत, मञ्जु लामिछाने लगायत फेकन केन्द्रका साधारण सदस्यहरू आरसी केसी, सिरस पुडासैनी र सन्तोष घिमिरे लगायतको उपस्थितिमा भेला सम्पन्न भएको थियो।
