काठमाडौँ- क्यानडा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरूका लागि नेपालकै सबैभन्दा अनुभवी र सर्वाधिक विश्वासिलो परामर्श केन्द्र इन्टरनेसनल करियर काउन्सिलिङ सेन्टर (आइ.सी.सी.सी.) ले क्यानडाका विभिन्न कलेजहरूको इन्फरमेसन सेसन आयोजना गर्ने भएको छ। आगामी जुन २७ देखि जुलाई ७ सम्म क्यानडाका विभिन्न ६ वटा प्रतिष्ठित कलेजहरूको उपयुक्त जानकारी दिनका लागि कलेज र विश्वविद्यालयका प्रतिनिधिहरू ल्याएर उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो।
आइ.सी.सी.सी. का प्रबन्ध निर्देशक राम खड्काले यी सबै सत्रहरूको सञ्चालन गर्नेछन्। कार्यक्रम सूचनामूलक र अन्तरक्रियात्मक हुने र यसले विद्यार्थीहरूलाई आफ्नो शैक्षिक भविष्यको बारेमा सही निर्णय गर्न मद्दत गर्ने उनी बताउँछन्। मात्र एजुकेसन सँगको संवादमा उनी अगाडी भन्छन्, “हामी प्रमुख क्यानाडेली शैक्षिक संस्थानका प्रतिनिधिहरूसँग सिधा अन्तरक्रिया गर्न विद्यार्थीहरूलाई प्लेटफर्म प्रदान गर्न पाउँदा खुसी छौँ। यी सत्रहरूले उपलब्ध विविध कार्यक्रमहरूको बारेमा अमूल्य जानकारी प्रदान गर्नेछ र विद्यार्थीहरूलाई आत्मविश्वासका साथ उनीहरूको शैक्षिक यात्रा तय गर्न मद्दत गर्नेछ।”
उनका अनुसार कार्यक्रमको सुरुवात बो भ्याली कलेज बाट हुनेछ जसमा तृप्ति सावलियाले त्यहाँको शिक्षा बारे विद्यार्थीहरूलाई जानकारी गराउनेछिन्। यो कलेजको जानकारी सत्र जुन २७ तारिख ११ बजे देखि सुरु हुनेछ।
त्यस्तै जुन २८ तारिख १२ बजे देखि १ बजे सम्म नरक्वेस्ट कलेज बारे विद्यार्थीले जानकारी लिनेछन्। कलेजका प्रतिनिधि सौरभ वसिष्ठले कलेजबारे जानकारी दिनेछन्। त्यसै गरी जुन ३० तारिख १०:३० बजे देखि १२:३० बजे सम्म क्यामोसुन कलेज बारे आदित्य भाटीले जानकारी दिने तालिका रहेको छ भने जुन ३० तारिख १२:३० बजे देखि २:३० बजे सम्म क्याम्ब्रियन कलेज बारे आँचल श्रीवास्तवले परामर्श दिनेछिन्।
जुलाई १ तारिख ११ बजे देखि १ बजे सम्मको समय नियाग्रा कलेजका लागि छुट्टाइएको छ जसमा उक्त संस्थाका प्रतिनिधि करण सालगोट्राको सहभागिता रहनेछ भने जुलाई ७ तारिख ११ बजे देखि १ बजे सम्म लाम्बटन कलेजको बारेमा रोब टुएरले सहभागी विद्यार्थीहरू सँग अन्तरक्रिया गर्नेछन्।
थप जानकारीको लागि आईसीसीसीको वेबसाइट, फेसबुक, इन्स्टाग्राम, र युट्युबमा फलो गर्न सकिन्छ।
