Matra Education आइतबार, साउन १० २०८३

आइडिबी ग्लोबलले सम्पन्न गर्‍यो युनिभर्सिटी अफ भाषाको प्रि डिपार्चर सेसन

आइडिबी ग्लोबलले सम्पन्न गर्‍यो युनिभर्सिटी अफ भाषाको प्रि डिपार्चर सेसन

  • मात्र एजुकेशन
  • सोमबार, असार ११ २०८१


काठमाडौँ- फिनल्यान्डका लागि प्रसिद्ध नेपाली परामर्श सेवा प्रदायक संस्था आइडिबी ग्लोबल सर्भिसेसले युनिभर्सिटी अफ भाषाको प्रि डिपार्चर सेसन सम्पन्न गरेको छ। आइतबार लैनचौर स्थित मल्ल होटेलमा आयोजित उक्त सत्र आइडिबी मार्फत भाषा विश्वविद्यालयमा भर्ना प्राप्त गरेका ७० भन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागितामा सम्पन्न भएको हो।

नेपालबाट फिनल्यान्ड अध्ययन गर्न जान लागेका नेपाली विद्यार्थीका लागि राखिएको सम्भवतः नेपालकै पहिलो प्रि डिपार्चर सेसन आइडिबी ग्लोबल सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विष्णु थापाको सभापतित्व तथा भाषा विश्वविद्यालयका क्षेत्रीय प्रबन्धक (दक्षिण एसिया) बीर्जु पटेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा अतिथिका रूपमा अनुभवी परामर्श व्यवसायी रामशरण ढकाल सहित अन्य परामर्श व्यवसायीहरू उपस्थित थिए भने आइडिबीका इटहरी र पोखरा शाखा प्रमुख लगायत आइडिबीका विभिन्न पदमा कार्यरत कर्मचारी उपस्थित थिए। कार्यक्रमले लक्षित गरेका विद्यार्थीहरूको सक्रिय सहभागिताले कार्यक्रम अर्थपूर्ण बनेको थियो।

कार्यक्रमको सञ्चालन गरेका आइडिबीका प्रबन्ध निर्देशक ईश्वर घिमिरेले कार्यक्रमको उद्देश्य, आइडिबीले फिनल्यान्ड अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि दिएको सुविधा देखि त्यहाँ अध्ययन गर्न जाँदा ध्यान दिनुपर्ने कुराहरू आदि बारे उपस्थित विद्यार्थीलाई जानकारी गराए।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा रहेका पटेलले आफ्नो सम्बोधनमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सहयोग गर्ने विश्वविद्यालयको प्रतिबद्धतामा जोड दिए। उनले विद्यार्थीहरू फिनल्यान्डमा आइपुग्दा के-कस्तो अपेक्षा गर्न सकिन्छ भन्ने बारे विस्तृत जानकारी गराए। करिब ४५ मिनेटको उनको प्रस्तुतिमा शैक्षिक अपेक्षा, सांस्कृतिक समायोजन, र भाषामा बस्ने व्यवस्था जस्ता विभिन्न पक्षहरू समेटिएको थियो।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेपाली परामर्श व्यवसाय क्षेत्रका अनुभवी व्यवसायी रामशरण ढकालले प्रि डिपार्चर सेसन विद्यार्थीका लागि अति आवश्यक कार्यक्रम हुने भन्दै आयोजना गरेकोमा आइडिबीलाई धन्यवाद दिए। विगत ७ वर्ष देखि आफूले आइडिबीलाई नजिक बाट चिनेको उल्लेख गरेका उनले अब फिनल्यान्ड जाने विद्यार्थीका लागि संस्था विश्वासिलो नाम बनिसकेको बताए। ढकालले विदेश गैर अध्ययन गर्नु नेपाल बसेजस्तो सजिलो नहुने भन्दै त्यहाँ सहज हुन विद्यार्थीलाई केही महत्त्वपूर्ण सुझावहरू समेत दिए।

कार्यक्रममा बोल्ने विद्यार्थी प्रतिनिधिहरूले आइडिबीले आफूहरूलाई सहजताका साथ विज्ञ सेवा प्रदान गरेको र आफूहरूको सपना साकार भएको धारणा राखे। उनीहरूले फिनल्यान्ड अध्ययन गर्ने सोच बनाएका विद्यार्थीहरूले एकपटक सबैभन्दा पहिले आइडिबी आउनुपर्ने उल्लेख गरे।

कार्यक्रमको प्रमुख विशेषता अन्तरक्रियात्मक प्रश्नोत्तर सत्र थियो, जहाँ विद्यार्थीहरूले उत्साहपूर्वक सहभागी भएर आफ्ना प्रश्नहरू राखेका थिए। विद्यार्थीले सोधेका प्रश्नहरूको जवाफ कार्यक्रममा दुई वक्ताहरू पटेल र घिमिरेले दिएका थिए। विद्यार्थीहरूका प्रश्नमा भिसा प्रक्रिया, पढाई पछि कामको अवसर, भाषा विश्वविद्यालयमा शैक्षिक जीवन लगायतका जिज्ञासाहरू समावेश थिए।

कार्यक्रम समापन गर्दै सभापति थापाले आफू फिनल्यान्ड बस्दाको अनुभव विद्यार्थीहरू माझ बाँडे। उनले विद्यार्थीहरू संसारकै उत्कृष्ट शैक्षिक प्रणाली सँग जोडिन लागेको बताउँदै हाल फिनल्यान्डमा पढाई सँगै कामको प्रशस्त अवसर रहेको र मेहनत गरे सुनिश्चित भविष्य बनाउन सकिने बताए। थापाले विद्यार्थीहरूलाई विदेशमा आफ्नो शैक्षिक अवसरहरूको पूर्ण सदुपयोग गर्न र नयाँ अनुभवहरूको स्वागत गर्न प्रेरित गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड