काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले ‘इन्फरमेसन सेसन: युएसए’ कार्यक्रम सम्पन्न गरेको छ। शुक्रवार बागबजार स्थित एक रेस्टुरेन्टमा आयोजित कार्यक्रम १७५ भन्दा बढी फेकन सदस्य परामर्श व्यवसायीहरूलाई अमेरिका अध्ययन बारे महत्त्वपूर्ण जानकारी प्रदान गर्दै सम्पन्न भएको हो।
फेकन अध्यक्ष राजु निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा युसेफ नेपालकी प्रियानी शाहले आफ्नो प्रस्तुतीकरण दिएकी थिइन्। उनले अमेरिका अध्ययन सम्बन्धी सहभागीहरूले राखेका प्रश्नहरूको जवाफ दिएकी थिइन्। कार्यक्रमलाई स्काइलाइन ट्राभलले प्रायोजन गरेको थियो भने पायर कलेज र मेरो अनलाइन सपिङ ले कार्यक्रम आयोजनाका लागि सहकार्य गरेका थिए।
संस्थाले कार्यक्रम आयोजनाका लागि सहयोग गर्ने र सहभागी हुने सबै प्रति आभार प्रकट गरेको छ।