काठमाडौँ- पुतलीसडक स्थित प्यासन फाउन्डेसनले भोलि शुक्रबार ‘ग्राण्ड एजुकेसन फेयर’ आयोजना गर्ने भएको छ। प्लस टु को परीक्षा सकेर अघिल्लो शैक्षिक यात्राका लागि विदेश जाने तयारीमा रहेका विद्यार्थीलाई लक्षित गर्दै फेयर आयोजना गरिएको हो। फेयरमा अमेरिका, अस्ट्रेलिया, क्यानडा लगायत थुप्रै देशका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरू सहभागी हुनेछन्।
प्यासन फाउन्डेसनको पुतलीसडकमा रहेको नयाँ भवनमा हुन लागेको उक्त फेयर बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। फेयरमा सहभागी हुने विद्यार्थीहरूले अङ्ग्रेजी भाषा तयारी कक्षामा ५०% छुट पाउनेछन्। त्यसमध्ये गोलाप्रथा बाट छानिएका १० जनाले यस्तो शुल्कमा शत प्रतिशत छुट पाउनेछन्। त्यस्तै विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरू बाटै परामर्श, भाषा कक्षा तयारी सम्बन्धी विज्ञहरू बाट मार्गनिर्देशन र आकर्षक छात्रवृत्तिका अवसरहरू सहभागीले प्राप्त गर्नेछन्। कार्यक्रममा सहभागी हुँदै गर्दा ‘स्पिन द व्हिल कन्टेस्ट’ लगायतका मनोरञ्जनात्मक खेलहरूमा सहभागी हुने तथा आकर्षक उपहारहरू प्राप्त गर्ने अवसर विद्यार्थीहरूले पाउनेछन्। यति मात्र होइन आयोजकले भाग्यशाली विजेताहरूलाई हिमालय फ्युजन रेस्ट्रोको फ्री डिनर भौचर पनि उपलब्ध गराउनेछ।
मात्र एजुकेसन सँग कुरा गर्दै प्यासन फाउन्डेसनका संस्थापक तथा सिइओ पुष्प पहराईले फेयरले नेपाली विद्यार्थीहरूमा रहेको विदेश अध्ययन सम्बन्धी जिज्ञासा मेटाउन र उनीहरूलाई उचित जानकारी दिन सफल हुने विश्वास व्यक्त गरे। फेयरमा सहभागी हुने विद्यार्थी सन्तुष्ट भएर फर्किने उनको भनी थियो।पहराईले सहभागिता जनाएर मौकाको अधिकतम लाभ उठाउन पनि सम्बन्धित विद्यार्थीलाई अपिल गरे।