Matra Education आइतबार, साउन १० २०८३

ऐतिहासिक सफलता सहित राइटपाथको ‘ग्राण्ड एजुकेसन कनक्लेभ २०२४’ सम्पन्न

ऐतिहासिक सफलता सहित राइटपाथको ‘ग्राण्ड एजुकेसन कनक्लेभ २०२४’ सम्पन्न

  • मात्र एजुकेशन
  • बुधबार, जेष्ठ ९ २०८१


काठमाडौँ- राइटपाथ करियर काउन्सिलिङले आयोजना गरेको ‘ग्राण्ड एजुकेसन कनक्लेभ २०२४’ भव्यताका साथ सम्पन्न भएको छ । वैशाख २९ गते काठमाडौँ बाट सुरु भएको कनक्लेभ धनकुटा, हेटौँडा, चितवन, बुटवल, दाङ हुँदै मंगलबार ललितपुर आएर सम्पन्न भएको हो । कार्यक्रम समापन पश्चात् आयोजित पत्रकार सम्मेलनमा ७ दिन ७ सहरमा आयोजित उक्त शैक्षिक मेलामा ७ हजार जना भन्दा भन्दा बढी विद्यार्थीले सहभागिता जनाएको जानकारी दिइएको हो।

‘ग्राण्ड एजुकेसन कन्क्लेभमा ७ हजारभन्दा बढी विद्यार्थीहरू सहभागी भएका छन् । यस कार्यक्रममा उच्च शिक्षा हासिल गर्न विद्यार्थीहरूले बुझ्न चाहेको सही सूचना उपलब्ध गराउन सफल भयौँ भन्ने हामीले विश्वास लिएका छौँ ।’, राइटपाथका सिइओ फिलिप डिसीले भने, ‘हामीले यस कन्क्लेभ सुरु गर्दै गर्दा करिब पाँच हजार विद्यार्थी माझ पुग्न सक्छौँ भन्ने उद्देश्य राखेका थियौँ तर हामी लक्ष्यभन्दा पनि धेरै विद्यार्थीहरू माझ पुग्न सफल भएका छौँ ।’

फेयरमा सहभागी विद्यार्थीले विभिन्न युनिर्भसिटिको स्कलरसिप, ६ हजार पर्ने आइएलटिएस मात्र २०८१ रुपैयाँमा पढ्न पाउने अफरसहित प्रोसेसिङ शुल्कमा शतप्रतिशत छुट प्राप्त गरेका छन् । साथै विद्यार्थीले फ्रि मुभी टिकटका साथमा आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गरेको डिसीको भनाई छ । ‘हामीले परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै परीक्षा पछिको तीन महिना खेर नजाओस् भन्ने उद्देश्य राखेर यस कार्यक्रमको आयोजना गरेका थियौँ ।’, डिसीले भने, ‘जुन उपलब्धि मूलक रह्यो भन्ने विद्यार्थी तथा अभिभावकहरूको उत्साहजनक सहभागिताले पनि पुष्टि गरिसकेको छ ।’

कन्क्लेभमा वरिष्ठ गायिका अन्जु पन्त र मिस नेपाल २०१६ तथा राइटपाथकी ब्रान्ड एम्बास्डर अश्मि श्रेष्ठको उपस्थितिले विद्यार्थीहरूको हौसला बढेको थियो । राइटपाथले कन्क्लेभलाई सफल बनाउन साथ दिने सबैलाई धन्यवाद दिएको छ।

‘कार्यक्रममा सहभागी विद्यार्थीहरू र अभिभावकहरूलाई पुनः विशेष धन्यवाद व्यक्त गर्दै उज्ज्वल भविष्यको कामना गर्दछौँ ।’, पत्रकार सम्मेलनपछि वितरण गरिएको प्रेस वक्तव्यमा भनिएको छ, ‘हाम्रो संस्था राइटपाथ करियर काउन्सिलिङले लामो समयदेखि विद्यार्थीहरूलाई शैक्षिक परामर्श तथा भाषाका कक्षाहरू सञ्चालन गर्दै आइरहेको यहाँहरूलाई अवगतै छ । विगतमा जस्तै आगामी दिनहरूमा पनि हामीले यस्ता कार्यक्रमहरू नियमित आयोजना गर्ने प्रतिबद्धताका साथ सम्पूर्णमा आभार व्यक्त गर्न चाहन्छौँ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड