Matra Education आइतबार, साउन १० २०८३

अध्ययनका लागि नेपाल आउनेलाई भिसा सहजीकरण गर्ने सरकारको घोषणा 

अध्ययनका लागि नेपाल आउनेलाई भिसा सहजीकरण गर्ने सरकारको घोषणा 

  • मात्र एजुकेशन
  • मंगलबार, जेष्ठ १ २०८१


Pic: AI

काठमाडौँ- सरकारले आज संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को नीति तथा कार्यक्रममा अध्ययनका लागि नेपाल आउनेलाई भिसा सहजीकरण गर्ने घोषणा गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा पेस गरेको नीति तथा कार्यक्रमको बुँदा न १४८ नेपालमा शिक्षा हासिल गर्न आउने विदेशी विद्यार्थीलाई भिसा सहजीकरण गरिनेछ भन्ने उल्लेख छ।

त्यस्तै सरकारले शिक्षा सम्बन्धी अन्य योजनामा विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउने देखि दिवा खाजा कार्यक्रममा परिमार्जन गर्ने, सामुदायिक विद्यालयमा “करिअर काउन्सेलिङ कार्यक्रम” गर्ने र शिक्षकलाई मासिक पारिश्रमिक दिने लगायतका महत्त्वपूर्ण योजनाहरू अघि सारेको छ।

नीति तथा कार्यक्रममा समावेश शिक्षाका अन्य योजनाहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड