काठमाडौँ- हब इन्टरनेशनल एजुकेसनले ‘ग्राण्ड मल्टी डेस्टिनेसन एजुकेसन फेयर’ २०२४ आयोजना गर्ने भएको छ। विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै संस्थाले आगामी जेठ ५ गते (मे १८ २०२४) हात्तीसार स्थित आफ्नै कम्प्लेक्समा उक्त शैक्षिक मेला आयोजना गर्न लागेको हो। युके, आयरल्यान्ड, क्यानडा, अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, न्युजिल्याण्ड, भारत र दुबई लगायत ८ भन्दा बढी मुलुकका ३० भन्दा धेरै प्रतिष्ठित विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहने उक्त कार्यक्रम विद्यार्थीहरूका लागि एक महत्त्वपूर्ण अवसर हुने आयोजकको दाबी छ।
विदेश अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीलाई विश्वका प्रसिद्ध विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरू बाट सत्य तथ्य जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हब व्यवस्थापनले जनाएको छ। उक्त कार्यक्रममा सहभागी हुने विद्यार्थीहरूले विदेश अध्ययन प्रक्रियाका बारेमा सम्पूर्ण तथ्यगत जानकारी पाउनुका साथै छात्रवृत्तिका विभिन्न अवसरहरू बारे थाहा पाउनेछन्। त्यस्तै भाग्यशाली विजेताहरूले स्मार्टफोन, फुड भाउचर, चलचित्र टिकटहरू र अन्य धेरै रोमाञ्चक उपहारहरू प्राप्त गर्नेछन् भने रोमाञ्चक खेलहरू र गतिविधिहरूमा भाग लिएर थप पुरस्कारहरू प्राप्त गर्न सक्नेछन्।
हब इन्टरनेशनल एजुकेसनका अध्यक्ष उद्धव बहादुर खड्काका अनुसार यो कार्यक्रम शैक्षिक मेला मात्र नभई विदेश अध्ययन गर्न जान इच्छुक विद्यार्थीहरूको लागि असीम अवसरहरूको प्रवेशद्वार पनि हो। उनले समयमै आफ्नो नाम दर्ता गरेर मेलामा उपस्थिति सुनिश्चित गर्न र यस अवसरको अधिकतम लाभ उठाउन सम्बन्धित विद्यार्थीहरूलाई अनुरोध गरेका छन्।