Matra Education आइतबार, साउन १० २०८३

ड्रिम नेक्स्ट एजुकेशनल फाउन्डेसनले टेस्ट तयारी र बहुगन्तव्य मेला आयोजना गर्ने

ड्रिम नेक्स्ट एजुकेशनल फाउन्डेसनले टेस्ट तयारी र बहुगन्तव्य मेला आयोजना गर्ने

  • मात्र एजुकेशन
  • सोमबार, बैशाख ३१ २०८१


काठमाडौँ- कुमारीपाटी ललितपुरमा रहेको ड्रिम नेक्स्ट एजुकेशनल फाउन्डेसनले टेस्ट तयारी कार्निभल र बहुगन्तव्य मेला आयोजना गर्ने भएको छ। आगामी मे १६ देखि मे १८ तारिख सम्म आफ्नै कार्यालय परिसरमा संस्थाले मेला आयोजना गर्न लागेको हो। हरेक दिन बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म मेला सञ्चालन गर्ने आयोजकको तयारी छ। विदेशमा उच्च शिक्षाको अवसर खोज्ने विद्यार्थीहरूलाई बहुमूल्य अवसरहरू कार्यक्रमले दिनेछ।

कार्यक्रममा सहभागी हुने विद्यार्थीहरूले विदेशमा विभिन्न अध्ययनका अवसरहरू अन्वेषण गर्ने, विश्वविद्यालयका प्रतिनिधिहरू सँग प्रत्यक्ष परामर्श लिने र भाषा कक्षा तयारीका विषयमा विशेषज्ञ सल्लाह प्राप्त गर्ने छन्। साथै रोमाञ्चक उपहार जित्ने अवसर र रमाइलो खेलहरू मार्फत मनोरञ्जन कार्यक्रमको अर्को आकर्षण हुनेछ।

आयोजकका अनुसार विश्वका विभिन्न भागमा रहेका प्रतिष्ठित शैक्षिक संस्थाहरूमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूलाई यो मेला एक सुनौलो अवसर हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड