Matra Education आइतबार, साउन १० २०८३

युकेको बर्मिङघम सिटी युनिभर्सिटीको इन्फो सेसन सम्पन्न

युकेको बर्मिङघम सिटी युनिभर्सिटीको इन्फो सेसन सम्पन्न

  • मात्र एजुकेशन
  • शनिबार, बैशाख २९ २०८१


काठमाडौँ- बेलायतको प्रसिद्ध बर्मिङघम सिटी युनिभर्सिटीको इन्फो सेसन काठमाडौँमा सम्पन्न भएको छ। शनिवार अनामनगर स्थित किम्ची रेस्टुरेन्टमा आयोजित एक कार्यक्रमका बिच ८४ जना नेपाली विद्यार्थीहरूको सहभागितामा उक्त सत्र सम्पन्न भएको हो। कार्यक्रममा विश्वविद्यालयकी ‘स्टुडेन्ट रिक्रुटमेन्ट अफिसर’ सृष्टि बिर्लाले उपस्थित विद्यार्थीहरूलाई अध्ययन गन्तव्यका रूपमा बेलायत बारे र बर्मिङघम सिटी युनिभर्सिटी बारे विस्तृत जानकारी गराएकी हुन्।

कार्यक्रमलाई युनिटी ग्रुप अफ स्टडिज,एक्सपर्ट भिजन कन्सल्टेन्सी र एआर एजुकेसन कन्सल्टेन्सीले संयुक्त रूपमा आयोजना गरेका हुन्। सम्बन्धित विश्वविद्यालयमा भएका कोर्स तथा शुल्कका विषयमा जानकारी गराउने, विद्यार्थीलाई विश्वविद्यालयका प्रतिनिधि सँग प्रत्यक्ष साक्षात्कार (वान टु वान काउन्सिलिङ) गराउने र ‘मास्टर्स बाइ रिसर्च तथा डक्टरेट’ पढ्न जाने विद्यार्थीले बेलायतमा ‘डिपेनडेन्ट’ लान पाउँछन् भन्ने विषयमा जानकारी दिनका लागि कार्यक्रम राखिएको आयोजकको भनाई छ।

कार्यक्रम पश्चात् मात्र एजुकेसन सँग कुरा गर्दै एआर एजुकेसन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक रोविन शर्माले बेलायत अध्ययन सम्बन्धी विद्यार्थीहरूमा रहेको जिज्ञासा र दुबिधा मेटाउनका लागि कार्यक्रम सार्थक भएको प्रतिक्रिया दिए। उनले कार्यक्रममा ८४ जना सहभागीले विश्वविद्यालयका कोर्स तथा त्यस सँग सम्बन्धित अन्य महत्त्वपूर्ण जानकारी हासिल गरेको र करिब ४० जनाले विश्वविद्यालयकै प्रतिनिधि बाट ‘वान टु वान काउन्सिलिङ’ पाएको जानकारी दिए। नेपाली विद्यार्थीहरूले अत्यधिक रुचाएको शैक्षिक गन्तव्य बेलायतको उत्कृष्ट विश्वविद्यालयकी प्रतिनिधिले नेपाल आएर यसरी समय दिनु गर्वको कुरा भएको उनले उल्लेख गरे। कार्यक्रमले विद्यार्थीहरूमा उत्साह थपेको उनको विश्वास थियो।

कार्यक्रमका तस्बिरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड