Matra Education आइतबार, साउन १० २०८३

शनिवार सुरु हुँदै राइटपाथको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’, विद्यार्थीलाई अफरै अफरको बहार

शनिवार सुरु हुँदै राइटपाथको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’, विद्यार्थीलाई अफरै अफरको बहार

  • मात्र एजुकेशन
  • शुक्रबार, बैशाख २८ २०८१


काठमाडौँ- पुतलीसडक, काठमाडौँमा प्रधान कार्यालय रहेको शैक्षिक परामर्श दाता संस्था राइटपाथ करियर काउन्सिलिङले आयोजना गरेको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ-२०२४’ भोलि शनिवार बाट सुरु हुने भएको छ। २९ वैशाखमा प्रधान कार्यालय बाट सुरु हुने यो शैक्षिक मेला आगामी जेठ ८ गते ललितपुर शाखामा आएर समापन हुनेछ। यसबिचमा ३१ वैशाखमा धनकुटामा, ३ जेठमा हेटौँडामा, ४ जेठमा चितवनमा, ५ जेठमा बुटवलमा र ६ जेठमा दाङमा गरी देशका प्रमुख ७ सहरहरूमा कन्क्लेभ सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ।

कार्यक्रम बारे मात्र एजुकेसन सँग कुरा गर्दै राइटपाथ करियर काउन्सिलिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) फिलिप डिसीले विदेश अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीलाई विश्वका प्रसिद्ध विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरू बाट सत्य तथ्य जानकारी गराउने उद्देश्य राखिएको बताए । भर्खरै प्लस टु सकेर बसेका विद्यार्थीहरूलाई आफ्नो इच्छा अनुसारको शैक्षिक गन्तव्य र कार्यक्रम बारे बुझ्न सहज बनाउनु र उनीहरूको अनुसन्धानलाई टेवा पुर्‍याउनु पनि कार्यक्रमको लक्ष्य भएको उनको भनाई थियो। डिसीले नेपाली विद्यार्थीहरूले समयको सही सदुपयोग गर्न र छात्रवृत्तिका आकर्षक अफरहरू पाउनका लागि पनि राइटपाथको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ मा सहभागी हुनुपर्ने बताए।

के छ विशेष आकर्षण ?
त्यसो त गुणस्तरीय शिक्षाका लागि उचित परामर्श भन्ने नारा बोकेको राइटपाथले आफ्ना हरेक गतिविधिहरूमा विद्यार्थीको अधिकतम हितलाई केन्द्रमा राख्दै आएको छ। यो पटकको शैक्षिक मेलामा पनि संस्थाले सहभागी हुने विद्यार्थीहरूलाई अफरै अफरको बहार दिएको छ। सहभागी हुने प्रत्येक विद्यार्थीका लागि आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था संस्थाले गरेको छ। त्यस्तै विदेश अध्ययन आवेदन शुल्कमा शत प्रतिशत सम्मको अफर विद्यार्थीले पाउनेछन् भने फ्रि मुभी टिकेटको समेत व्यवस्था गरिएको छ। यसका साथै सहभागी विद्यार्थीहरूले अमेरिका लक्षित २५ हजारसम्मको छात्रवृत्ति अफरदेखि ६ हजार लाग्ने आइएल्टिएस जम्मा २०८१ रुपैयाँमै गर्न पाउने सुविधा प्राप्त गर्नेछन्। अझै विशेष त अस्ट्रेलिया, बेलायत, क्यानडा र अमेरिकाका २० भन्दा बढी विश्वविद्यालयहरूलाई एउटै छानामुनि भेट्ने सुवर्ण अवसर विद्यार्थीहरूले प्राप्त गर्नेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड