काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को युके इन्फो सेसन सम्पन्न भएको छ। सोमबार अनामनगर स्थित किम्ची रेस्टुरेन्टको सभाहलमा आयोजित एक कार्यक्रमका बिच संस्थाले आफ्ना सदस्यहरूलाई युके काम गर्ने प्रक्रियाहरू बारे जानकारी गराएको हो। पछिल्लो समय युके काम गर्न चाहने परामर्श व्यवसायीहरू बढिरहेको हुँदा उनीहरूलाई त्यसबारे उचित ज्ञान, सीप दिएर विद्यार्थीहरूलाई स्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ।
करिब १०० जना फेकन सदस्य परामर्श व्यवसायीहरू सहभागी रहेको कार्यक्रममा फेकनका युके विभाग सदस्य रविन शर्माले प्रस्तुतीकरण दिएका थिए। उनले युके अध्ययनका विविध पाटोहरूमा केन्द्रित रहेर उपस्थित व्यवसायीहरूलाई प्रशिक्षित गरेका थिए। काम गर्ने प्रक्रिया, के गर्ने ? कसरी गर्ने? लगायतका जिज्ञासाहरूको सम्बोधन गरेका उनले आफ्नो प्रस्तुति पश्चात् सहभागीहरूले राखेका विविध प्रश्नहरूको जवाफ दिएका थिए। सहभागी सदस्यहरूले युके अध्ययन सम्बन्धी आफूहरूको बुझाइको दायरा बढेको भन्दै आयोजक प्रति आभार प्रकट गरेका थिए।
कार्यक्रमकै अवसर पारेर फेकनले २०८१ सालको आफ्नो वार्षिक क्यालेन्डर विमोचन समेत गरेको थियो।
कार्यक्रमका तस्बिरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।