Matra Education आइतबार, साउन १० २०८३

अध्ययनका लागि क्यानडा जाँदै हुनुहुन्छ ? यी कुराहरू ख्याल गर्नुहोस्

अध्ययनका लागि क्यानडा जाँदै हुनुहुन्छ ? यी कुराहरू ख्याल गर्नुहोस्

  • मात्र एजुकेशन
  • शुक्रबार, बैशाख २१ २०८१


काठमाडौँ- क्यानडा स्थित नेपाली दूतावासले अध्ययनका लागि क्यानडा जाने नेपाली विद्यार्थीहरूका लागि विशेष सूचना जारी गरेको छ। आफ्नो वेबसाइट मार्फत सूचना प्रकाशित गर्दै दूतावासले सबै प्रक्रिया बुझेर मात्रै क्यानडा जान सचेत गराएको छ।

७ बुँदामा जारी सचेतनामा आफू जाने शैक्षिक संस्थाका बारे पुरा जानकारी लिन, रहने ठाउँका बारे सबै जानकारी लिन, शैक्षिक शुल्क र घरभाडा तिर्नु अघि पर्याप्त अध्ययन गर्न, सामाजिक सञ्जालमा । खिएका विज्ञापनमा भर परेर शुल्क नतिर्न आदि सुझाव दिइएको छ। त्यस्तै अभिभावकहरूले आफ्ना छोराछोरीको अध्ययन तथा वासस्थानको सम्पूर्ण खर्च व्यवस्था गरेर मात्रै पठाउन, निरन्तर सम्पर्कमा रहन र हरेक परिस्थितिमा सहयोग गर्न तयार रहनुपर्ने दूतावासको सुझाव छ।

दूतावासले विद्यार्थीको रुचि अनुसारको विषय पढ्न पाउने गरी गुणस्तरीय शैक्षिक संस्थामा मात्रै भर्ना गरिदिन, क्यानडामा आउन सक्ने अवसर चुनौती लगायत सबै विषयमा कानुन सम्मत र तथ्यपरक जानकारी दिन शैक्षिक परामर्श व्यवसायीहरूलाई अनुरोध गरेको छ।

पछिल्लो समय क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थी कटौती गर्ने गरी ल्याएको नीति नियम बारे राम्रो सँग अध्ययन गर्न पनि सम्बन्धित विद्यार्थीलाई दूतावासको सुझाव छ। त्यस्तै कार्यस्थलमा पालना गर्नुपर्ने नियम, समस्यामा परे उजुरी गर्ने ठाउँ देखि अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा पालना गर्नुपर्ने अन्य विविध विषयहरूमा दूतावासले सूचना मार्फत जानकारी गराएको छ।

सूचना हेर्नुहोस्:

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड