काठमाडौँ- बागबजार काठमाडौँमा प्रधान कार्यालय रहेको फरबिड एजुकेसन करियर प्रालिले बिदाइ कार्यक्रम सम्पन्न गरेको छ। आइतबार नयाँ वानेश्वर स्थित अल्फा हाउसमा आयोजित एक भव्य कार्यक्रमका बिच संस्थाले आगामी अप्रिल इन्टेकका लागि जापानको सिओइ प्राप्त गरेर जापान जान लागेका विद्यार्थीलाई बिदाइ गरेको हो ।
फरबिड एजुकेसन करियरका प्रबन्ध निर्देशक रामचन्द्र केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा स्वतन्त्र शैक्षिक परामर्श सङ्घ नेपाल (फेकन) का अध्यक्ष राजु निरौला रहेका थिए । ४ जना प्रसिद्ध राष्ट्रिय स्तरका गायक/ गायिकाहरू अतिथि रहेको उक्त कार्यक्रममा फरबिडका देशभर रहेका विभिन्न शाखाहरूबाट जापानको सिओइ प्राप्त गरेका र भाषा कक्षामा अध्ययनरत विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै फरबिडका निर्देशक अमन केसीले फेयरवेल भन्दै गर्दा दुख लागेको भए पनि सबै विद्यार्थी उज्ज्वल भविष्य तिर लम्किरहेको हुँदा खुसीका साथ सुनिश्चित भविष्यको शुभकामना दिन लागिरहेको बताए। उनले जापान गएर सबै विद्यार्थीले आफ्नो भविष्य उज्ज्वल पार्नेछन् भन्नेमा आफूहरू विश्वस्त रहेको उल्लेख गरे । सिओइ प्राप्त गर्न सफल सबै विद्यार्थीलाई उनीहरूले सही परामर्शदाता छनोट गर्न सफल भएकोमा बधाई दिएका उनले त्यो सफलता दिलाउने सबै कर्मचारीलाई पनि धन्यवाद दिए।
कार्यक्रमलाई फरबिडका बुटवल, बनेपा, पोखरा, नेपालगन्ज लगायत शाखाका प्रमुखहरूले सम्बोधन गर्दै विद्यार्थीहरूलाई सफलताको शुभकामना दिए। त्यस्तै फरबिड बाट जापान जाने जो सुकै विद्यार्थी समस्यामा परे पनि आफूहरूले सक्दो सहयोग गर्ने साझा प्रतिबद्धता उनीहरूले व्यक्त गरे। जापान गएर गर्न हुने/ नहुने कामहरूका विषयमा पनि उनीहरूले विद्यार्थीहरूलाई सूचित गराएका थिए। कार्यक्रमलाई फरबिड धनगढीका सञ्चालक पदम राज जोशीले कुशलतापूर्वक सञ्चालन गरेका थिए।
कार्यक्रममा जापान जाने तयारीमा रहेका विद्यार्थी सुनिल कुमार रावलले उपस्थित विद्यार्थीहरू माझ आफ्नो अनुभव बाँडे । उनले ७/८ महिना अघि आफूले भाषा कक्षा सुरु गरेको स्मरण गर्दै कक्षा कहिल्यै नछुटाउने र भाषा प्रशिक्षकले भनेको कुरा मान्ने गर्दा सफल हुन सकेको बताए। आफूले फरबिड सबै हिसाबले सकारात्मक पाएको उल्लेख गरेका उनले संस्थाले डकुमेन्ट बनाउने देखि अन्य हरेक काममा सघाएर सफल बनाएको भन्दै धन्यवाद दिए।
त्यस्तै अर्का विद्यार्थी सुशील कुमार चौधरीले आफ्नो `ग्याप´धेरै भएका कारणले अन्य थुप्रै कन्सल्टेन्सी घुमेर फरबिड बनेपामा पुगेको तर आशा नै नभएको सिओइ निकाल्न फरबिड सफल भएको भन्दै धन्यवाद ज्ञापन गरे।
कार्यक्रममा जापान जानू अघि र गएपछि ध्यान दिनुपर्ने कुराहरू बारे जानकारी गराइएको थियो भने खुसी साट्न फरबिडले केक काटेर तथा मायाको चिनो प्रदान गरेर विद्यार्थीहरूलाई सम्मान गरेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि निरौलाले सिओइ आएका सबै विद्यार्थीलाई बधाई तथा शुभकामना दिए। फेकन विद्यार्थीका हक हितका लागि लड्ने संस्था भएको र आफूहरू संस्थाको नेतृत्वमा आइसकेपछि जापानका समस्या समाधानका लागि सार्थक पहल थालेको उनले बताए। फेकनले गर्दै आएका अन्य कामहरू बारे जानकारी गराएका निरौलाले आफू पनि विदेश अध्ययन गरेर फर्किएर आएको उल्लेख गर्दै विदेश अध्ययन गर्न जानेले समयको महत्त्व बुझ्नुपर्ने धारणा राखे । विदेश पलायन हुन सरकारले नेपाली विद्यार्थीलाई बाध्य बनाएको भए पनि सीप दक्षता सिकेर आएर नेपालमै काम गर्नुपर्नेमा उनको जोड थियो। अबको १० वर्ष पछि नेपालमा लगानी गर्ने वातावरण बन्ने भन्दै उनले नेपालमै फर्किएर काम गर्ने सोच बनाएर मात्रै विदेश जान सुझाव दिए ।
कार्यक्रम समापन गर्दै सभापति केसीले जापान अध्ययन गर्ने सपनाको नजिक पुगेका सबैलाई बधाई दिए। संस्थामा आफूहरूले सिकाएका कुराहरू, बताएका नियमहरूलाई मनन गरेर मात्रै जापानमा रहन उनले आग्रह गरे। एक महिनाअघि आफू जापान गएर आएको स्मरण गर्दै नेपाली विद्यार्थीहरूले नियमहरू पालना नगर्दा मेहनती हुँदा पनि जोखिममा परेको आफूले पाएको हुँदा त्यसमा ध्यान दिन उनले सम्बन्धित विद्यार्थीहरूलाई आग्रह गरे। फरबिड बाट जापान जाने सबै एकै परिवार भएको भन्दै उनले आफूहरू विद्यार्थीको हरेक दुःख सुखमा सधैँ साथ रहने प्रतिनद्धता व्यक्त गर्दै कार्यक्रम समापन गरे ।
राष्ट्रिय कलाकारहरूको बेजोड साङ्गीतिक प्रस्तुतिले कार्यक्रम अझै विशेष बनेको थियो।
यहाँ क्लिक गरेर कार्यक्रमका तस्बिरहरु हेर्नुहोस् ।