काठमाडौँ- नेकपा एमाले निकट शैक्षिक परामर्श व्यवसायीहरूको छाता सङ्गठन प्रगतिशील शैक्षिक परामर्श व्यवसायी सङ्घ (पिक्यान) ले न्युजिल्याण्ड एजेन्ट वर्कसप सम्पन्न गरेको छ । संस्थाले हिजो १९ गते हार्दिक होटेल बागबजारमा कार्यक्रम सम्पन्न हो।
‘अवसर वृद्धि र व्यावसायिक दक्षता पिक्यानको प्रतिबद्धता’ भन्ने मूल सिद्धान्तका साथ व्यवसायीहरूको क्षमता अभिवृद्धि गरी थप अवसरहरू सिर्जनामा टेवा पुगोस् भन्ने सकारात्मक सोच का साथ कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
पिक्यान अध्यक्ष वासुदेव नेपालले कार्यक्रमको अध्यक्षता गर्दै उपस्थित सबैलाई स्वागत गरेका थिए । उक्त अवसरमा बोल्दै उनले न्युजिल्याण्ड नेपाली विद्यार्थीका लागि आकर्षक शैक्षिक गन्तव्य रहेको हुँदा परामर्श व्यवसायीहरूमा रहेको न्युजिल्याण्ड अध्ययन सम्बन्धी ज्ञानको दायरालाई विस्तार गर्दै गुणस्तरीय र मर्यादित परामर्श सेवा प्रदान गराउनका लागि कार्यक्रम आयोजना गरिएको बताए। पिक्यान परामर्श व्यवसायीहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्न उनीहरूको हितमा काम गर्न सधैँ क्रियाशील रहेको नेपालले बताए।
कार्यक्रममा ६५ जना परामर्श व्यवसायीहरूको सहभागिता रहेको आयोजकले बताएको छ।