Matra Education आइतबार, साउन १० २०८३

रिचमण्ड कन्सल्टेन्सीले गर्‍यो जापान जाने विद्यार्थीलाई बिदाइ

रिचमण्ड कन्सल्टेन्सीले गर्‍यो जापान जाने विद्यार्थीलाई बिदाइ

  • मात्र एजुकेशन
  • मंगलबार, चैत्र २० २०८०


काठमाडौँ- नयाँ वानेश्वरमा रहेको रिचमण्ड इन्टरनेशनल एजुकेसन प्रालिले जापान जाने विद्यार्थीलाई बिदाइ गरेको छ। शनिवार नयाँ वानेश्वर स्थित अर्याल होटेलमा आयोजित एक भव्य कार्यक्रमका बिच संस्थाले रिचमण्ड मार्फत जापनिज भाषा अध्ययन गरेर आगामी अप्रिल इन्टेकका लागि सिओइ प्राप्त गरेका विद्यार्थीलाई बिदाइ गरेको हो ।

रिचमण्ड इन्टरनेशनल एजुकेसन प्रालिका प्रबन्ध निर्देशक बलराम आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रममा रिचमण्ड बाट जापान गएर नेपाल फर्किएका विद्यार्थीहरू, रिचमण्डको भाषा कक्षामा अध्ययनरत विद्यार्थीहरू, आगामी अप्रिल इन्टेकका लागि सिओइ प्राप्त गरेका विद्यार्थीहरू र संस्थाका शुभचिन्तक शुभेच्छुकहरूको भव्य उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थितहरू माझ स्वागत मन्तव्य राख्दै रिचमण्डकी सिनियर काउन्सिलर सरस्वती ज्ञवालीले विगत १२ वर्ष देखि जापान जाने विद्यार्थीहरूको पहिलो रोजाई बनेर रिचमण्डले काम गर्दै आएको उल्लेख गरिन्। उनले जापान गएर त्यहाँ प्राप्त गरेको ज्ञान, सिप र दक्षतालाई स्वदेशमै लगाएर काम गर्ने अठोट बोक्न सम्बन्धित विद्यार्थीलाई आग्रह गरिन्।

कार्यक्रममा बोल्दै जापान जाने तयारीमा रहेका विद्यार्थी राजकुमार बुढाले थुप्रै कन्सल्टेन्सीहरूको विकल्प छोडेर आफू रिचमण्ड आइपुगेको र उत्कृष्ट भाषा कक्षा तथा परामर्श सेवा प्राप्त गरेको बताए। डकुमेन्ट बनाउन देखि हरेक चरणमा आफूलाई कन्सल्टेन्सीले सहयोग गरेकै कारण विदेश अध्ययनको जटिल प्रक्रिया अत्यन्तै सरल भएको भनाई उनले राखे। फि पठाउन अन्य कन्सल्टेन्सीमा अध्ययन गर्ने विद्यार्थीले भोगेको झन्झट देखेपछि आफूले सही संस्था छानेकै कारण त्यो पनि सहज भएछ भन्ने बुझेको उनले उल्लेख गरे। उनले जापान जान चाहने विद्यार्थीले एकपटक रिचमण्ड आउनुपर्ने बताए।

त्यस्तै रिचमण्डका जापनिज भाषा प्रशिक्षक राजेश फुयाँलले आफू पनि ६ वर्ष जापान बसेर फर्किएको स्मरण गर्दै विद्यार्थीहरूले त्यहाँ रहँदा ध्यान दिनुपर्ने केही कुराहरू बारे जानकारी गराए। उनले जापान सिस्टममा चल्ने देश भएको भन्दै त्यहाँको नियम, कानुन, अनुशासन लगायत बारे ध्यान दिन उनले विद्यार्थीहरूलाई सुझाव दिए। युवाहरू बिदेसिने क्रम बढ्दै गएको भए पनि विदेशमा गएर नयाँ ज्ञान र अनुभव प्राप्त गरी फर्किएर नेपालमै काम गर्न सकिनेमा उनको जोड थियो। विदेशको ज्ञान प्रयोग गरेर नेपालमै केही गर्न सकिन्छ भन्ने उदाहरण आफू भएको उनको भनाई थियो।

कार्यक्रममा नाच गान सहितको सांस्कृतिक कार्यक्रम पनि राखिएको थियो।

कार्यक्रमका सभापति आचार्यले रिचमण्ड एउटा व्यवसायिक संस्था मात्रै नभई विदेश अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीको सारथि भएको उल्लेख गरे। उनले आफूहरू सङ्ख्यामा भन्दा बढी गुणस्तरमा केन्द्रित रहने गरेको बताउँदै यो १२ वर्षको अवधिमा कसैको मन नदुखाएको दाबी गरे। सबै विद्यार्थीलाई शुभयात्रा तथा सुखद भविष्यको कामना गर्दै उनले कार्यक्रम समापन गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड