Matra Education आइतबार, साउन १० २०८३

पियरसन पिटिई पार्टनर्स मिट २०२४ सम्पन्न, उत्कृष्ट १८ व्यवसायी सम्मानित

पियरसन पिटिई पार्टनर्स मिट २०२४ सम्पन्न, उत्कृष्ट १८ व्यवसायी सम्मानित

  • मात्र एजुकेशन
  • शुक्रबार, चैत्र १६ २०८०


काठमाडौँ- अङ्ग्रेजी भाषा परीक्षा सञ्चालन गर्ने प्रसिद्ध संस्था पियरसन पिटिइले नेपालका व्यवसायीहरू माझ ‘पियरसन पिटिई पार्टनर्स मिट २०२४’ सम्पन्न गरेको छ। गत मङ्गलवार ठमेल स्थित एलफ्ट होटेलमा आयोजित एक भव्य कार्यक्रमका बिच पिटिइले आफ्ना व्यावसायिक साझेदारहरूको उपस्थितिमा सर्वोत्कृष्ट व्यवसाय गर्ने साझेदारहरूलाई सम्मान गर्दै कार्यक्रम सम्पन्न गरेको हो।

नेपालका लागि ब्रिटिस राजदूत रब फेनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न परामर्श व्यवसायी छाता सङ्गठनका प्रतिनिधिहरू अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा नेपालस्थित बेलायती दूतावासका व्यवसाय तथा व्यापार विभागका प्रमुख अनुप श्रेष्ठ, फेकन अध्यक्ष राजु निरौला, नेका महासचिव दिपक कोइराला, आइरिन अध्यक्ष हेमन्त भट्टराई, एरि अध्यक्ष महेश बाबु तिमल्सिना लगायत अतिथि उपस्थित थिए भने पिटिईका तर्फबाट ‘डिरेक्टर अफ इम्प्लोएबिलिटि’ प्रेमिला पौलराज र ‘रिजनल डेभलपमेन्ट मेनेजर’ सुमन कृष्ण श्रेष्ठ कार्यक्रममा उपस्थित थिए।

कार्यक्रमलाई प्रेमिला पौलराज र प्रमुख अतिथि रबले सम्बोधन गरेका थिए। उनीहरूले छोटो समयमै अङ्ग्रेजी भाषा परीक्षा सञ्चालकका रूपमा पिटिइले हासिल गरेको लोकप्रियता बारे चर्चा गरेका थिए। त्यस्तै ‘रिजनल डेभलपमेन्ट मेनेजर’ श्रेष्ठले कार्यक्रममा उपस्थित र व्यावसायिक साझेदार सबैलाई धन्यवाद दिँदै आगामी वर्ष अझै राम्रो काम हुने विश्वास व्यक्त गरेका थिए।

पिटिई पार्टनर्स मिट २०२४ मा वर्ष सन् २०२३ मा उत्कृष्ट व्यवसाय गर्ने १८ जना परामर्श व्यवसायीहरूलाई सम्मानित समेत गरिएको थियो। यस अन्तर्गत पिटिईमा सबैभन्दा धेरै व्यावसायिक योगदान गर्ने एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसले प्लेटिनम, ओली एण्ड एसोसिएट्सले गोल्ड र ग्रेस इन्टरनेसनलले सिल्भर अवार्ड हात पारे। त्यस्तै एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस चितवनले चितवनको सबैभन्दा धेरै व्यवसाय गर्ने अवार्ड प्राप्त गर्दा जि एण्ड के इन्टरनेसनल एजुकेसन कन्सल्टेन्टले पोखरा र ग्रेस इन्टरनेसनलले बुटवलको सबैभन्दा धेरै व्यवसाय गर्ने अवार्ड हात पारे।

कार्यक्रममा सम्मान गरिएका अन्य उत्कृष्ट व्यवसाय गर्ने १२ वटा संस्थाहरूमा डाँफे कन्सल्टिङ, पिटिई नेपाल, अब्रोड एजुकेसन, एसएमएस एजुकेसन, स्टडी स्क्वाएर, कंगारु एजुकेसन, स्याम्सन एजुकेसन, मार्कलाइन एजुकेसनल, पिटिई क्लास नेपाल, द नेक्स्ट, अल्फा बिटा र ए वान ग्लोबल कन्सल्ट्यान्स रहेका छन्।

पियरसन पिटिइले आयोजना गरेको यो दोस्रो पार्टनर्स मिट हो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड