Matra Education आइतबार, साउन १० २०८३

पिक्यानले न्युजिल्याण्ड एजेन्ट वर्कसपको आयोजना गर्ने

पिक्यानले न्युजिल्याण्ड एजेन्ट वर्कसपको आयोजना गर्ने

  • मात्र एजुकेशन
  • शुक्रबार, चैत्र १६ २०८०


काठमाडौँ- नेकपा एमाले निकट शैक्षिक परामर्श व्यवसायीहरूको छाता संगठन प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संघ (पिक्यान) ले न्युजिल्याण्ड एजेन्ट वर्कसपको आयोजना गर्ने भएको छ। संस्थाले आगामी १९ गते हार्दिक होटेल बागबजारमा कार्यक्रम आयोजना गर्न लागेको हो।

‘अवसर वृद्धि र व्यावसायिक दक्षता पिक्यानको प्रतिबद्धता’ भन्ने मूल सिद्धान्तका साथ व्यवसायीहरूको क्षमता अभिवृद्धि गरी थप अवसरहरू सिर्जनामा टेवा पुगोस् भन्ने सकारात्मक सोच का साथ कार्यक्रम आयोजना गरिएको संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक दिपक खनालले मात्र एजुकेसनलाई बताए। उनले कार्यक्रम सफल बनाउन सबैको सक्रिय सहभागिता रहने विश्वास पनि व्यक्त गरे।

कार्यक्रम दिउँसो २ बजेबाट सुरु गर्ने आयोजकको तयारी छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड