काठमाडौँ- न्यु प्लाजा पुतलीसडकमा रहेको चुकि कन्सल्टेन्सी एन्ड ल्याङ्वेज सेन्टरले १० औँ वार्षिकोत्सव तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ। आइतबार नयाँ बजार स्थित स्मार्ट पार्टी प्यालेसमा आयोजित एक भव्य कार्यक्रमका बिच संस्थाले आफ्नो स्थापना दिवस मनाउनुका साथै अप्रिल इन्टेकका लागि जापानको सिओइ प्राप्त गरेका विद्यार्थीलाई बिदाइ गरेको हो । कार्यक्रममा विभिन्न व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो।
चुकि कन्सल्टेन्सी एन्ड ल्याङ्वेज सेन्टरका कार्यकारी निर्देशक राजेन्द्र राज गिरिको सभापतित्वमा सम्पन्न कार्यक्रममा जापानका तीन वटा शैक्षिक संस्थाका प्रतिनिधिहरू अतिथिका रूपमा उपस्थित थिए। ओसाका इन्टरनेसनल एकेडेमीका प्रधानाध्यापक ताकेबु सेन्से, फुकोयामा इन्टरनेसनल एकेडेमीका प्रधानाध्यापक युमुरा सेन्से र केएस इन्टरनेसनल एकेडेमीको सञ्चालक तथा प्रधानाध्यापक चो सेन्सेको उपस्थितिले कार्यक्रम विशेष बनेको थियो। कार्यक्रममा चुकी बाट जापान गएर नेपाल फर्किएका विद्यार्थीहरू, चुकिको भाषा कक्षामा अध्ययनरत विद्यार्थीहरू, आगामी अप्रिल इन्टेकका लागि सिओइ प्राप्त गरेका विद्यार्थीहरू र संस्थाका शुभचिन्तक शुभेच्छुकहरूको भव्य उपस्थिति रहेको थियो।
कार्यक्रममा केक काटेर संस्थाको १० औँ वार्षिकोत्सवको खुसीयाली साटिएको थियो भने संस्थाका अध्यक्ष गौतम पुडासैनीले सिओइ प्राप्त गरेका विद्यार्थी, चुकिका पूर्व विद्यार्थी, आमन्त्रित अतिथि तथा संस्थाका केही शुभचिन्तकहरूलाई खादा माला तथा मायाको चिनोले सम्मानित गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै जापानीज अतिथि युमुरा सेन्सेले चुकिलाई १० औँ वार्षिकोत्सवको अवसरमा बधाई तथा शुभकामना दिए। चुकी नेपालमा र जापानमा दुवैतिर आज विश्वसनीय नाम बनिसकेको उल्लेख गर्दै उनले जापान आउँदा चुकी जस्तै विश्वसनीय परामर्श व्यवसायी बाट राम्रोसँग बुझेर मात्रै आउन उनले विद्यार्थीलाई सुझाव दिए । उनले नेपाली विद्यार्थीहरू भाषा मात्रै सिकेर जापान जाने गरेको भन्दै त्यहाँको कानुन, संस्कृति र भेसभुसाको समेत ज्ञान लिएर जानुपर्ने बताए। अब जापानका सबै स्कुलहरू जापान शिक्षा मन्त्रालय अन्तर्गत जाने भएकाले जापानीज भाषाको ज्ञान राम्रो बनाएर मात्रै जान पनि उनको सुझाव थियो। क्षणिक पैसा कमाउने सोच राखेर जापान नजान र अध्ययन पूरा गरेर भविष्य बनाउने योजना राखेर मात्रै जान उनले उपस्थित विद्यार्थीलाई अपिल गरे।
कार्यक्रम समापन गर्दै सभापति गिरिले ३ जना विद्यार्थीलाई भाषा अध्यापन गराएर सुरु गरिएको चुकिले आज यति ठुलो परिवार बनाउन सफल भएको भन्दै खुसी व्यक्त गरे। उनले यो यात्रामा जोडिएर आफूहरूलाई साथ, सहयोग र हौसला दिने सबैप्रति आभार व्यक्त गरे। सिओइ आएका सबै विद्यार्थीलाई बधाई दिँदै उज्ज्वल भविष्यको कामना गरेका उनले चुकिले के गर्ने, के नगर्ने सबै सिकाइसकेको उल्लेख गर्दै ती सबै जानकारीहरूको उचित प्रयोग गरेर भविष्य निर्माणमा केन्द्रित हुन अनुरोध गरे।
कार्यक्रम पश्चात् उपस्थित विद्यार्थीहरूले भाषा अध्ययन देखि जापानको भिसा प्राप्ति सम्मको प्रक्रियामा चुकिको विज्ञ समूहले उचित मार्गनिर्देशन गरेको भन्दै धन्यवाद दिए। विदेश अध्ययनको जटिल प्रक्रियालाई चुकिले सोचे भन्दा सरल बनाइदिएको उनीहरूको भनाइ थियो।

चुकी सफलताको गौरवमय ११ औँ वर्षमा प्रवेश
आज भन्दा १० वर्ष अघि तीन जना नेपाली विद्यार्थीलाई जापानीज भाषा अध्यापन गराएर आफ्नो औपचारिक यात्रा थालेको चुकीले आज सफलताको गौरवमय १० औँ वर्ष पुरा गरेको छ। जापान अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीमा मात्रै केन्द्रित रहेको यस संस्थाले ११ औँ वर्ष प्रवेश गर्दै गर्दा विश्वसनीय परामर्श व्यवसायी तथा गुणस्तरीय भाषा कक्षा प्रदायकको परिचय बनाइसकेको छ। त्यसैले त जापान जाने हजारौँ नेपाली विद्यार्थीले चुकिलाई आफ्नो परामर्श सहयात्री बनाइसकेका छन् ।
आफ्ना केही मौलिक र पृथक् विशेषताहरूका कारण पनि चुकि अन्य परामर्श व्यवसायी भन्दा भिन्न छ। यसका सञ्चालक द्वयले आफूले जापान अध्ययन गरेर, जापानमै बसेर, अनुभव प्राप्त गरेर यसको सुरुआत गरेका हुन् । यस्ता अनुभवले खारिएका सञ्चालकहरू र उस्तै विशेषता बोकेका भाषा प्रशिक्षकहरू बाट अध्ययन गर्ने अवसर नेपाली विद्यार्थीहरूले विरलै पाउने गरेका छन् । त्यस्तै चुकिले १०० भन्दा बढी जापानका शैक्षिक संस्थाहरू सँग प्रत्यक्ष सम्बन्ध बनाएको छ । फाइल अन्यत्र पठाउनु नपर्ने भएका कारण त्यो सम्बन्धको पनि अधिकतम लाभ विद्यार्थीहरूले लिन सक्छन् ।
१० वर्ष अघि देखीको अनवरत यात्रा सम्झँदै चुकिका अध्यक्ष गौतम पुडासैनी जस्तोसुकै परिस्थितिमा पनि विचलित नभई निरन्तर सत्मार्गमा लागिरहँदा चुकी सफल भएको सम्झन्छन् । आजको चुकि थुप्रै आरोह अवरोह पार गर्दै आजको स्थानमा पुग्न सफल भएको उनको बुझाइ छ। मात्र एजुकेसन सँगको संवादमा उनी भन्छन्, `हामीले यो स्थानमा पुग्नका लागि अथक मेहनत र सङ्घर्ष गरेका छौँ । सुरु सुरुमा विद्यार्थीले नपत्याउने, कलेज सँग समन्वय गर्न नजानिने आदि समस्या पर्थ्यो। पछि नाकाबन्दी र कोरोनाको चुनौतीमा पनि विद्यार्थी नआउने समस्याले त्यस्तै सतायो। यस्ता परिस्थितिहरूमा पनि हामी कहिल्यै विचलित भएनौँ । आफ्नो आदर्श कहिल्यै छोडेनौँ र गलत काम कहिल्यै गरेनौँ । जापान पुगेका विद्यार्थीहरूलाई सानातिना समस्या पर्दा पनि हामी गम्भीर भएर समाधानमा लाग्यौँ । त्यसैको परिणाम स्वरूप आज यति धेरै विद्यार्थीको विश्वास चुकि सँग छ।´यिनै कारणहरूले गर्दा पछिल्लो समय जापान जाने नेपाली विद्यार्थीको पहिलो रोजाइको परामर्शदाता चुकि भएको पुडासैनीको भनाइ छ।
थुप्रै नेपाली विद्यार्थीहरूको जापान जाने सपनाको सारथि बनेको चुकी तपाईँका लागि पनि उपयुक्त परामर्श व्यवसायी हुनसक्छ । थप जानकारीका लागि यहाँ क्लिक गरेर चुकिको फेसबुक पेज सँग जोडिनुहोस् ।
