काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले आयोजना गरेको वनभोज कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। शनिवार बुढानिलकण्ठ स्थित क्याम्पिङ रिसोर्टमा आयोजित कार्यक्रम ४०० भन्दा बढी फेकन सदस्य परामर्श व्यवसायी तथा अतिथिहरूको उपस्थितिमा सम्पन्न भएको हो।
वनभोज कार्यक्रममा विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्दै प्रतिष्ठित व्यक्तित्वहरू अतिथिका रूपमा सहभागी हुन क्याम्पिङ रिसोर्ट पुगेका थिए। चर्चित हाँस्यकलाकार सन्दिप क्षेत्री, गायक किरण भुजेल र गायिका एन्जिला रेग्मीको सानदार प्रस्तुतिले वनभोजलाई अझै विशेष बनाएको थियो। वनभोजमा बिङ्गो लगायतका विभिन्न खेलहरू समेत खेलाइएको थियो।
वनभोज कार्यक्रमले आपसी भाइचारालाई अझै मजबुत बनाउनका लागि भूमिका खेलेको जानकारी फेकनले दिएको छ । संस्थाका अनुसार परामर्श व्यवसायीहरूको हक हितका लागि खुलेको छाता सङ्गठन भएका कारण संस्थाले वर्ष भर विविध गतिविधि गर्ने गरेको छ र वनभोज कार्यक्रम त्यसैको निरन्तरता हो। यस किसिमको कार्यक्रममा आफ्नो व्यस्त दैनिकी बाट समय निकालेर सुखदुख साटासाट गर्ने र मनोरञ्जन लिने अवसर सदस्य व्यवसायीहरूले प्राप्त गर्ने संस्थाको विश्वास छ।