काठमाडौँ- पुतलीसडक स्थित वेद इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको आयोजनामा ‘मार्च टु युके’ कार्यक्रमको पहिलो शैक्षिक मेला सम्पन्न भएको छ । अध्ययनका लागि बेलायत जान चाहने विद्यार्थीहरूलाई सही परामर्श दिने उद्देश्यले मंगलबार आयोजित उक्त शैक्षिक मेला संस्थाको केन्द्रीय कार्यालय पुतलीसडकमा सम्पन्न भएको हो । करिब ५०० भन्दा बढी विद्यार्थीहरूको सहभागितामा मेला सम्पन्न भएको आयोजकले जनाएको छ।
सहभागी विद्यार्थीहरूले १५ भन्दा बढी युकेका विश्वविद्यालयहरू बाट परामर्श, आकर्षक उपहारहरू, मुभी टिकट, भाषा कक्षा तयारीमा विशेष छुट, निःशुल्क मक टेस्टको सुविधा आदि मेलामा प्राप्त गरेका थिए। विश्वविद्यालयका प्रतिनिधिबाट छात्रवृत्ति, विश्वविद्यालयले दिने सेवा र सुविधा आदिका बारेमा निःशुल्क जानकारी प्राप्त गरेपछि उनीहरूले आयोजक प्रति विशेष आभार प्रकट गरे।
‘वेद मार्च टु युके’ कार्यक्रमको पहिलो शैक्षिक मेलाको समापन पश्चात् मात्र एजुकेसन सँग कुरा गर्दै वेद इन्टरनेशनलका सिइओ आशिक कार्कीले पछिल्लो समय युके अध्ययनका लागि आकर्षक गन्तव्य बनिरहेको भए पनि कतिपय विद्यार्थी सही सूचना पाउनबाट वञ्चित भएको हुँदा उक्त समस्या समाधानका लागि मेला आयोजना गरिएको बताए। उनले विद्यार्थीहरूको उत्साहजनक सहभागितामा कार्यक्रम सम्पन्न भएको भन्दै सहभागी सबैलाई धन्यवाद दिए। कार्कीले ‘मार्च टु युके’ को पहिलो शैक्षिक मेला समापन भएको भए पनि युके अध्ययन सम्बन्धी जानकारी दिन यो कार्यक्रम मार्च महिनाभर रहने हुँदा त्यसको अधिकतम लाभ लिन पनि सम्बन्धित विद्यार्थीहरूलाई अपिल गरे।