Matra Education आइतबार, साउन १० २०८३

आइएलटिएस र पिटिई गर्न चाहनेलाई खुसीको खबर, ओएसिसले दिँदैछ एक हजारमै पढ्ने अफर

आइएलटिएस र पिटिई गर्न चाहनेलाई खुसीको खबर, ओएसिसले दिँदैछ एक हजारमै पढ्ने अफर

  • मात्र एजुकेशन
  • सोमबार, फाल्गुन १४ २०८०


काठमाडौँ- बागबजार स्थित ओएसिस अब्रोड स्टडी सर्भिसेस एन्ड कन्सल्टेन्सीले आइएलटिएस र पिटिई पढ्न चाहने विद्यार्थीहरूका लागि विशेष अफरको घोषणा गरेको छ । संस्थाले भोलि फागुन १५ गते मंगलबार बाट लागू हुने गरी रु १००० मै यी दुई भाषा कक्षा अध्ययन गर्न सकिने व्यवथा गरेको हो। आउँदै गरेको अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा घोषणा गरिएको यो अफर आगामी फागुन २८ गते सम्म रहनेछ। यस अवधिमा भाषा कक्षाका लागि नाम दर्ता गराउने नेपाली विद्यार्थीहरूले सबै आवश्यक अध्ययन सामाग्रीहरू निःशुल्क प्राप्त गर्नेछन् भने सशुल्क मक टेस्ट पनि निःशुल्क प्राप्त गर्नेछन् । सामान्यतया ओएसिसले भाषा कक्षाको १०,००० र भर्ना १००० गरेर ११,००० रुपैयाँ शुल्क लिँदै आएको छ। अफरमा नाम दर्ता गराउने विद्यार्थीले भने अब यही सेवा १,००० मा लिन पाउनेछन् ।

ब्रिटिस काउन्सिल, आइडिपी तथा पियरसन पिटिईको आधिकारिक दर्ता केन्द्र समेत रहेको ओएसिसले आफ्नो संस्था बाट परीक्षाको बुकिङ गर्नेहरूका लागि समेत विशेष छुट प्रदान गर्ने घोषणा गरेको छ। यस अन्तर्गत आइएलटिएसको परीक्षा दिन तिर्नुपर्ने कुल २९,५०० शुल्कमा ओएसिस बाट बुकिङ गर्दा १८५० छुट पाइनेछ भने पिटिईको कुल २४,५०० शुल्कमा १००० छुट पाइनेछ।

थप जानकारीका लागि रत्नपार्क पुल सँगै रहेको ओएसिसको कार्यालय जानुहोस् वा यहाँ क्लिक गरेर ओएसिसको फेसबुक पेज सँग जोडिनुहोस् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड