Matra Education आइतबार, साउन १० २०८३

युनि कन्सल्ट्यान्स अलायन्समा युनिभर्सिटी अफ भाषाको जानकारी सत्र सम्पन्न

युनि कन्सल्ट्यान्स अलायन्समा युनिभर्सिटी अफ भाषाको जानकारी सत्र सम्पन्न

  • मात्र एजुकेशन
  • आइतबार, फाल्गुन १३ २०८०


काठमाडौँ- परामर्श व्यवसायको क्षेत्रमा नेपालको पहिलो बि टु बि कम्पनी युनि कन्सल्ट्यान्स अलायन्स (युसिए) मा फिनल्यान्डको प्रतिष्ठित भाषा युनिभर्सिटीको जानकारी सत्र सम्पन्न भएको छ। आइतबार बिहान युसिएको कार्यालयमा आयोजित एक कार्यक्रमका बिच सो विश्वविद्यालय बारे रिजनल एडभाइजर बिर्जु पटेलले विश्वविद्यालय बारे उपस्थित परामर्श व्यवसायीहरूलाई जानकारी गराएका हुन् ।

कार्यक्रममा पटेलले भाषा विश्वविद्यालयको बारेमा सम्पूर्ण जानकारीहरू समेटिएको प्रस्तुतीकरण दिएका थिए भने फिनल्यान्ड अध्ययन बारे सहभागीहरूले उठाएका विभिन्न जिज्ञासाको समाधान गरेका थिए। उनको प्रस्तुति मुख्यतः फिनल्यान्डमा किन अध्ययन गर्ने? र भाषा किन छान्ने? भन्ने विषयमा केन्द्रित थियो। पछिल्लो समय फिनल्यान्ड नेपाली विद्यार्थीहरूका लागि आकर्षक शैक्षिक गन्तव्य बन्दै गएको छ।

उक्त जानकारी सत्रमा नेपालका लागि भाषा विश्वविद्यालयका आधिकारिक प्रतिनिधि आइडीबि ग्लोबल सर्भिसेस प्रालीका सञ्चालक ईश्वर घिमिरेले फिनल्यान्ड अध्ययनका विभिन्न पाटोहरू बारे उपस्थित परामर्श व्यवसायीहरूलाई जानकारी गराएका थिए। उनले अध्ययन गन्तव्यका रूपमा फिनल्यान्ड बारे महत्त्वपूर्ण जानकारीहरू प्रदान गर्दै विद्यार्थीलाई उपयुक्त परामर्श प्रदान गर्ने, फिनल्यान्डको गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीको पहुँच पुर्‍याउने र अधिकतम लाभ उनीहरूलाई प्रदान गर्ने विषयमा जानकारी गराएका थिए।

हिजो शनिवार आइडिबी ग्लोबल सर्भिसेसमा समेत भाषा विश्वविद्यालयको विशेष जानकारी सत्र राखिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड