Matra Education आइतबार, साउन १० २०८३

पिक्यानले सम्पन्न गर्‍यो प्रथम वनभोज कार्यक्रम

पिक्यानले सम्पन्न गर्‍यो प्रथम वनभोज कार्यक्रम

  • मात्र एजुकेशन
  • शनिबार, फाल्गुन ५ २०८०


काठमाडौँ- नेकपा एमाले निकट शैक्षिक परामर्श व्यवसायीहरूको छाता संगठन प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संघ (पिक्यान) ले प्रथम वनभोज कार्यक्रम सम्पन्न गरेको छ। शनिवार बुढानीलकण्ठ स्थित एक रिसोर्टमा कार्यक्रम आयोजना गरिएको थियो। संस्था सँग आबद्ध परामर्श व्यवसायीहरू बिच आपसी भाइचाहरा अभिवृद्धि गर्न र मनोरञ्जनका लागि वनभोज आयोजना गरिएको आयोजकले जनाएको छ।

वनभोजमा खानपिनका अलावा विभिन्न सिर्जनात्मक खेलहरू खेलाइनुका साथै नाचगान कार्यक्रम आयोजना गरिएको थियो। त्यस्तै एक औपचारिक कार्यक्रम समेत आयोजना गरेर संस्थाले पिक्यानको निर्माण र विकासमा योगदान गरेकाहरूलाई सम्मान समेत गरेको थियो।

पिक्यानका अध्यक्ष वासुदेव नेपालको सभापतित्वमा सम्पन्न औपचारिक कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघका महासचिव भगीरथ सापकोटा प्रमुख अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा संस्थाका संस्थापक संयोजक, सहसंयोजक तथा अन्य विभिन्न कमिटीका पदाधिकारीहरू, अन्य विभिन्न छाता संगठनका पदाधिकारीहरू र विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरू अतिथिका रूपमा रहँदा पिक्यानमा आबद्ध परामर्श व्यवसायीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

औपचारिक कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै पिक्यान उपाध्यक्ष, इसिए विभाग प्रमुख तथा वनभोज कार्यक्रम संयोजक दीपक खनालले प्रथम वनभोज कार्यक्रमका लागि साथ सहयोग दिने सबैप्रति आभार व्यक्त गरे। उनले संस्थाले व्यवसायीहरू बिचको एकता र सहकार्यमा जोड दिँदै व्यवसायीक हितका लागि काम गर्दै आएको उल्लेख गर्दै पिक्यान आज व्यवसायीहरूले गर्व गर्न लायकको संगठन बनेको उल्लेख गरे।

कार्यक्रमलाई शुभकामना दिन पुगेका जाल्सान सचिव महेश श्रेष्ठले एमाले सम्बद्ध सबै परामर्श व्यवसायीहरूलाई जोड्न पिक्यान सफल हुनुपर्ने धारणा राखे। उनले व्यवसायीहरू बिचको एकताले मात्रै साझा लक्ष्य प्राप्त हुन सक्ने भन्दै सबै व्यवसायी त्यसमा लाग्नुपर्ने उल्लेख गरे।

कार्यक्रमलाई आफ्नो संस्थाको तर्फबाट शुभकामना दिँदै फेकन अध्यक्ष राजु निरौलाले पिक्यानको पहिलो वनभोज कार्यक्रममा अपेक्षित सहभागिता गराउन नसकिएको भए पनि सबै मिलेर आगामी कार्यक्रमहरूलाई भव्य बनाउनुपर्ने उल्लेख गरे। उनले पिक्यानले खेल्न सक्ने जति भूमिका निभाउन नसकेको भन्दै परामर्श व्यवसायीको हितमा केन्द्रित हुन र व्यवसाय बचाउन लागिपर्न सुझाव दिए। परामर्श व्यवसायमा धरौटी ल्याउन लागिएकोमा फेकनले विरोध गर्दै आएको र त्यसमा पिक्यान जस्ता संस्थाले पनि आफ्नो ठाउँ बाट प्रयास गर्नुपर्ने सुझाव निरौलाले दिए।

राष्ट्रिय उद्योग व्यवसायी महासंघका इलाका कमिटी अध्यक्ष पुष्पराज भट्टराईले व्यावसायिक हित अभिवृद्धिमा सबै केन्द्रित हुनुपर्ने बताए। उनले परामर्श व्यवसायीहरूले पार्टी सदस्यता उद्योग व्यवसायी महासंघ बाटै लिनुपर्नेमा विशेष जोड दिए।

पिक्यानका संस्थापक सह संयोजक राजन कुमार श्रेष्ठले संस्थाभित्र रहेको असन्तुष्टि चिरेर सबैलाई एकताबद्ध गर पिक्यान कार्यसमिति क्रियाशील हुनुपर्ने धारणा राखे। उनले संस्थागत हकहितका लागि एकजुट हुन अझै बाकी रहेको भन्दै पिक्यान सबैलाई समेट्न सक्ने साझा संस्था बन्न सकोस् भन्ने शुभकामना दिए ।

त्यस्तै पिक्यानका संस्थापक संयोजक विष्णु पोखरेलले पिक्यान स्थापना गर्दाको समय स्मरण गर्दै व्यवसायीहरूलाई एकै ठाउँ जोड्ने र पार्टी गतिविधिलाई समेत अगाडी बढाउने गरी संस्था स्थापना भएको बताए। उनले संस्थाले पहिलो पटक बाहिरी कार्यक्रम आयोजना गरेर सफल बनाएकोमा वर्तमान कार्यसमितिलाई धन्यवाद दिए। ३०० भन्दा धेरै सदस्य भएको संस्था पिक्यान भएको भन्दै उनले अहिलेको ऊर्जावान् टिमले काममा त्यही ऊर्जा देखाउने विश्वास व्यक्त गरे। पोखरेलले विभिन्न प्रदेशका अधिवेशनहरू समयमा गर्न समेत सुझाव दिए।

औपचारिक कार्यक्रमका प्रमुख अतिथि महासंघ महासचिव सापकोटाले विदेश जाने जिम्मेवारी सबै परामर्श व्यवसायी संघको जिम्मेवारी हो भन्ने भाष्य राज्यले निर्माण गरेको भन्दै दुख व्यक्त गरे। राष्ट्रिय अर्थतन्त्रको ठुलो हिस्सा आज सेवामूलक व्यवसायले ओगटेको तथ्याङ्क प्रस्तुत गर्दै उनले त्यसमा परामर्श व्यवसायीको योगदान कति छ सम्बन्धित पक्षलाई बुझाउन सक्नुपर्ने बताए। आज बिदेसिने क्रम बढ्नुमा गुणस्तरीय जीवनको अभिलाषा प्रमुख कारण भएको उल्लेख गरेका उनले नेपालमा उद्यमी बन्ने वातावरण नबनेसम्म यो शृङ्खला नरोकिने बताए। राज्यले व्यवसायी बचाउने र व्यवसायीले आफूहरू मर्यादित हुनेमा ध्यान दिनुपर्ने उनको भनाइ थियो।

पिक्यान अध्यक्ष वासुदेव नेपालले उच्च शिक्षा विधेयकको प्रस्तावना नै गलत भएको र त्यहाँ समावेश गरिएको दण्ड जरिवानाको कुरा अचम्म लाग्दो रहेको बताए। हालका शिक्षा सचिवले सल्लाह सुझाव लिएर मात्रै अगाडी बढ्छु भनेकाले व्यवसायीहरूको माग सम्बोधन हुनेमा आफूहरू आशावादी रहेको उनले बताए। उनले व्यवसायीको अधिकतम हितका लागि आज सम्म पिक्यानले आफ्नो भूमिका खेलिरहेको र भोलिका दिनमा पनि त्यो जारी रहने उल्लेख गरे। व्यवसायीहरू सबै मिलेर परामर्श व्यवसाय क्षेत्रलाई व्यवस्थित गर्नुपर्ने उनको धारणा थियो ।

उपाध्यक्ष खनालले संयोजन गरेको वनभोज कार्यक्रमलाई सफल बनाउन कोषाध्यक्ष राम थापा लगायतले विशेष भुमिका निर्बाह गरेका थिए ।

खेलकुद, मनोरञ्जन र व्यावसायिक बहसको थलो बनेको पिक्यान वनभोज कार्यक्रम आफ्नो उद्देश्य पुरा गर्न सक्षम रहँदै सफल भएको प्रतिक्रिया व्यवसायीहरूले दिएका छन्।

कार्यक्रमको फोटो फिचर हेर्न हाँ क्लिक गर्नुहोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड