Matra Education आइतबार, साउन १० २०८३

अध्ययनका लागि विदेश जाने तयारीमा हुनुहुन्छ ? पिआइइसीले पुरा गर्नेछ तपाईँको सपना

अध्ययनका लागि विदेश जाने तयारीमा हुनुहुन्छ ? पिआइइसीले पुरा गर्नेछ तपाईँको सपना

  • मात्र एजुकेशन
  • सोमबार, माघ २२ २०८०


(मात्र एजुकेसनले विगत केही समयअघि देखि विश्वका विभिन्न देश पढ्न जाने नेपाली विद्यार्थीहरूलाई सहयोग गर्ने उद्देश्यले अब्रोड स्टडी स्तम्भको सुरुवात गरेको छ। उक्त स्तम्भ अन्तर्गत हामीले भरपर्दो, विश्वसनीय र गुणस्तरीय भाषा कक्षा तथा परामर्श सेवा प्रदान गर्ने उत्कृष्ट परामर्श व्यवसायीका बारे तपाईँलाई जानकारी गराउँदै आएका छौँ । यो सामग्री त्यसैको निरन्तरता हो)

काठमाडौँ- के तपाईँ वा तपाईँको नजिकका कोही विदेश अध्ययनका लागि विश्वसनीय परामर्श व्यवसायीको खोजीमा हुनुहुन्छ ? वा भनेको जस्तो सुविधा भएको र अपेक्षित नतिजा निकाल्न सघाउने भाषा कक्षा शिक्षण केन्द्रको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने आज तपाईँलाई हामी उपयुक्त विकल्प दिनेछौँ। पुतलीसडक स्थित न्यु प्लाजामा रहेको प्रोफाइल इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी (पिआइइसी) तपाईँले खोजेजस्तै ‘अब्रोड स्टडी कन्सल्टेन्ट’ हुन सक्छ। यो संस्था परामर्श व्यवसायीहरूको भिडमा आफ्नो विज्ञता द्वारा छोटो समयमै छुट्टै अस्तित्व स्थापित गर्न सफल कन्सल्टेन्सी हो भने नेपाली विद्यार्थीहरूको विदेश अध्ययन गर्ने सपनाको एउटा सारथि पनि हो। त्यसो त यो कन्सल्टेन्सी स्थापना भएको धेरै समय भएको त छैन तर यसका सञ्चालकले भने करिब एक दशक भन्दा बढी समय यो क्षेत्रमा विज्ञता हासिल गरेका छन् । त्यसैले त केही समय अघि मात्रै खुलेको भए पनि हिजोआज प्रोफाइलमा विद्यार्थीहरूको भिड लाग्ने गरेको छ।

विशेषगरि अस्ट्रेलिया, क्यानडा, अमेरिका , न्यूजिल्याण्ड, युके, डेनमार्क, फिनल्यान्ड, जापान लगायत देशहरूका विश्वविद्यालय तथा क्याम्पसहरूमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूलाई परामर्श सेवा पिआइइसीले प्रदान गर्दै आएको छ। उच्च भिसा सफलता दर, गुणस्तरीय भाषा कक्षा, स्तरीय परामर्श सेवा, तनावरहित प्रक्रिया आदि पिआइइसीका प्रमुख विशेषताहरू हुन्।

विदेश पढ्न जानु अघि भाषा अध्ययन महत्त्वपूर्ण हुन्छ। विश्वका विभिन्न देशहरूले आफ्नो देशमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भाषाको ज्ञान अनिवार्य गरेका छन्। भाषा पढ्ने ठाउँ र त्यहाँको सिकाइ उत्कृष्ट नहुन्जेल अपेक्षित नतिजा प्राप्त गर्न सकिन्न भन्ने बुझेको पिआइइसी व्यवस्थापनले त्यही स्तरको भाषा कक्षाको व्यवस्था गरेको छ। आईएल्टिएस, पिटिई, ड्युलिङ्गो, जापनिज भाषा लगायतको भाषा कक्षा सञ्चालन हुने पिआइइसीमा सुविधा सम्पन्न डिजिटल कक्षाकोठाको व्यवस्था गरिएको छ। त्यस्तै हरेक हप्ता निःशुल्क मक टेस्ट, दक्ष, अनुभवी तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रशिक्षकको व्यवस्था, न्यून शुल्कमा स्तरीय शिक्षा, भाषामा उत्कृष्ट नतिजा आदि पिआइइसीको भाषा कक्षाका विशेषताहरू हुन्।

पिआइइसीले आफ्नो संस्थाबाट विदेश अध्ययनको आवेदन दिने विद्यार्थीका लागि पनि विशेष व्यवस्था गर्ने गरेको छ । निःशुल्क काउन्सिलिङको सुविधा बाहेक सुलभ दरमा प्रोसेसिङ, योग्य आवेदकका लागि छात्रवृत्तिको व्यवस्था, उपयुक्त कोर्स, विश्वविद्यालय र विषयहरूको विविध छनोटको विकल्प, डकुमेन्ट बनाउन सहयोग, विदेश जानू अगाडि उपयुक्त मार्गदर्शन र वासस्थान र काम खोज्न सहयोग आदि पिआइइसीका विद्यार्थीले पाउने सुविधा हुन् । त्यस्तै द्रुत र सरल आवेदन प्रक्रिया र अन्तर्वार्ता तयारीको व्यवस्था पनि संस्थाले गर्ने गरेको छ भने अन्तर्राष्ट्रिय स्तरमा तालिम प्राप्त र प्रमाणित काउन्सिलरले विद्यार्थीको शैक्षिक र आर्थिक स्तर अनुसारको कोर्समा विद्यार्थीलाई मार्गनिर्देश गर्ने गरेका छन्।

के छ विशेष आकर्षण ?
त्यसो त पिआइइसीले आफ्नो संस्थाबाट विदेश अध्ययनका लागि आवेदन दिने विद्यार्थीको हरेक दिन विशेष बनाउने गरेको छ। यसलाई अझै विशेष बनाउनका लागि संस्थाले हालै ‘मात्र एजुकेसन’ मार्फत एक नयाँ घोषणा गरेको छ। फेब्रुअरी महिना प्रेमको महिना हुने भन्दै संस्थाले अङ्ग्रेजी भाषा परीक्षाहरूको शुल्कमा ५०% छुट दिने घोषणा गरेको छ। आइएलटिएस र पिटिई तयारी गर्ने विद्यार्थीहरूले पिआइइसीमा भाषा कक्षाको तयारीका लागि आगामी फेब्रुअरी १४ तारिख सम्म नाम दर्ता गराए ५०% छुट पाउने छन्। साथै अन्य भाषा कक्षा लिनेहरूलाई समेत यो अवधिमा विशेष छुट दिने घोषणा संस्थाको छ।

पिआइइसीका बारेमा थप जानकारी चाहनुहुन्छ भने तपाईँ संस्थाको पुतलीसडकको न्यु प्लाजामा रहेको प्रोफाइल इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीको कार्यालय जान सक्नुहुन्छ। त्यस्तै यहाँ क्लिक गरेर संस्थाको फेसबुक पेज सँग पनि जोडिन सक्नुहुन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड