Matra Education आइतबार, साउन १० २०८३

एसआई युकेले देशका प्रमुख शहरहरुमा युके अध्ययन सम्बन्धी शैक्षिक मेला आयोजना गर्ने

एसआई युकेले देशका प्रमुख शहरहरुमा युके अध्ययन सम्बन्धी शैक्षिक मेला आयोजना गर्ने

  • मात्र एजुकेशन
  • मंगलबार, माघ १६ २०८०


काठमाडौँ- अध्ययनका लागि बेलायत जान चाहने नेपाली विद्यार्थीहरूलाई लक्षित गरेर एसआई युकेले आगामी फेब्रुअरी ३ तारिख देखि ९ तारिख सम्म देशका प्रमुख शहरहरुमा युके अध्ययन सम्बन्धी शैक्षिक मेला आयोजना गर्ने भएको छ। संस्थाले सोमबार दरबारमार्ग स्थित याक एण्ड यती होटेलमा एक पत्रकार सम्मेलन आयोजना गर्दै यसबारे जानकारी दिएको हो।

बेलायतका उत्कृष्ट विश्वविद्यालयहरू सँग नेपाली विद्यार्थीहरूको प्रत्यक्ष साक्षात्कार गराउने र उनीहरूलाई आधिकारिक जानकारी प्रदान गर्ने उद्देश्य सहित मेलाको आयोजना गरिएको जानकारी उक्त पत्रकार सम्मेलनमा दिइएको थियो। संस्थाले आगामी फेब्रुअरी ३ तारिख (माघ २०गते) काठमाडौँमा, फेब्रुअरी ५ तारिख (माघ २२ गते) पोखरामा, फेब्रुअरी ७ तारिख (माघ २४ गते) बुटवलमा र फेब्रुअरी ९ तारिख (माघ २६ गते) चितवनमा युके एजुकेसन फेयर २०२४ आयोजना गर्ने तयारी गरेको छ।

यी सबै ठाउँमा बेलायतका ३५ भन्दा बढी प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिको सहभागिता रहनेछ। पत्रकार सम्मेलनमा एसआई युकेका नेपाल निर्देशक विनय अधिकारीले युके अध्ययन गर्न जाने विद्यार्थीहरू समस्यामा परेको भन्ने खबर प्रति संकेत गर्दै सही मार्ग निर्देशन र उचित परामर्शको अभावमा युके पुगेकाहरू समस्यामा परेको भए पनि बुझेर, सबै प्रक्रिया पुरा गरेर गएकाहरू आफ्नो सपनाको विश्वविद्यालय पुगेर उच्च स्तरीय शिक्षा लिइरहेको र सोचे अनुरूपकै जीवनशैली अपनाइरहेको बताए। उनले एसआई युकेले समस्यामा परेका नेपाली विद्यार्थीहरूलाई सहयोग समेत गर्दै आएको उल्लेख गर्दै सही परामर्श पाउनका लागि एसआई युकेको शैक्षिक मेलामा उपस्थित हुन सम्बन्धित विद्यार्थीलाई अपिल गरे।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड