Matra Education आइतबार, साउन १० २०८३

युनिग्लोबमा आकर्षक अफर: जापनिज भाषा तयारी कक्षामा ५०% छुट पाइने

युनिग्लोबमा आकर्षक अफर: जापनिज भाषा तयारी कक्षामा ५०% छुट पाइने

  • मात्र एजुकेशन
  • शुक्रबार, माघ १२ २०८०


काठमाडौँ- पुतलीसडक काठमाडौँमा रहेको युनिग्लोब एजुकेसन कन्सल्टेन्सीले जापान अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि नयाँ अफर सार्वजनिक गरेको छ। संस्थाले मात्र एजुकेसनलाई दिएको जानकारी अनुसार आज जनवरी २६ तारिख देखि आगामी फेब्रुअरी ४ तारिख सम्म जापनिज भाषा अध्ययनका लागि युनिग्लोबमा भर्ना हुने विद्यार्थीले पढाई बापत तिर्ने शुल्कमा ५०% छुट पाउनेछन्। अफर सँगै अब युनिग्लोबमा भाषा अध्ययन गर्नेले उत्कृष्ट भाषा कक्षा कम शुल्कमा लिन पाउने संस्थाले जनाएको छ।

परामर्श व्यवसाय क्षेत्रमा १० वर्ष भन्दा धेरै समयको अनुभव बटुलिसकेको युनिग्लोबले जापनिज भाषाका अतिरिक्त आइएलटिएस, पिटिई, टोफेल लगायतको समेत तयारी गराउँदै आएको छ। भाषा पढ्ने ठाउँ र त्यहाँको सिकाइ उत्कृष्ट नहुन्जेल अपेक्षित नतिजा प्राप्त गर्न सकिन्न भन्ने बुझेको युनिग्लोब व्यवस्थापनले त्यही स्तरको भाषा कक्षाको व्यवस्था गरेको छ। भाषा कक्षाका लागि सुविधा सम्पन्न डिजिटल कक्षाकोठाको व्यवस्था गरिएको छ भने हरेक हप्ता निःशुल्क मक टेस्ट, दक्ष, अनुभवी तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रशिक्षकको व्यवस्था, न्यून शुल्कमा स्तरीय शिक्षा, भाषामा उत्कृष्ट नतिजा आदि युनिग्लोबको भाषा कक्षाका विशेषताहरू हुन्। यी सुविधाहरूले विद्यार्थीको उच्च अङ्क प्राप्त गर्ने सपनालाई साकार बनाउन मद्दत गर्छन्।

युनिग्लोबले आफ्नो संस्थाबाट विदेश अध्ययनको आवेदन दिने विद्यार्थीका लागि पनि विशेष व्यवस्था गर्ने गरेको छ । निःशुल्क काउन्सिलिङको सुविधा बाहेक सुलभ दरमा प्रोसेसिङ, योग्य आवेदकका लागि छात्रवृत्तिको व्यवस्था, उपयुक्त कोर्स, विश्वविद्यालय र विषयहरूको विविध छनोटको विकल्प, डकुमेन्ट बनाउन सहयोग, विदेश जानू अगाडि उपयुक्त मार्गदर्शन र काम खोज्न सहयोग आदि युनिग्लोबका विद्यार्थीले पाउने सुविधा हुन् । त्यस्तै द्रुत र सरल आवेदन प्रक्रिया र अन्तर्वार्ता तयारीको व्यवस्था पनि संस्थाले गर्ने गरेको छ भने अन्तर्राष्ट्रिय स्तरमा तालिम प्राप्त र प्रमाणित काउन्सिलरले विद्यार्थीको शैक्षिक र आर्थिक स्तर अनुसारको कोर्समा विद्यार्थीलाई मार्गनिर्देश गर्ने गरेका छन्।

युनिग्लोब बाट अध्ययनका लागि अस्ट्रेलिया, क्यानडा, अमेरिका, युके र जापान जान चाहने विद्यार्थीहरूले उचित परामर्श र मार्गनिर्देशन पाउँदै सुनिश्चित भविष्यको मार्गचित्र कोर्ने अवसर पाउने संस्थाको दाबी छ। आफूलाई गुणस्तरको पर्यायका रूपमा प्रस्तुत गर्दै छोटो समयमै आफ्नो छुट्टै अस्तित्व स्थापित गर्न सफल युनिग्लोब तपाईँका लागि उपयुक्त परामर्शदाता हुन सक्छ। तपाईँ पनि आफ्नो विदेश अध्ययनको सपना पुरा गर्न चाहनुहुन्छ भने थुप्रै नेपाली विद्यार्थीहरूको सारथि बनिसकेको युनिग्लोबलाई रोज्न सक्नुहुन्छ। अझ तपाईँ जापान जाने सोचमा हुनुहुन्छ भने त तपाईँलाई यो आफ्नो अध्ययन थाल्ने सबैभन्दा उपयुक्त अवसर हुन सक्छ। मौकाको फाइदा उठाउनुहोस् है !

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड