काठमाडौँ- पुतलीसडकमा रहेको स्टडी पाथ कन्सल्ट्यान्समा ल्याट्रब युनिभर्सिटीको इन्फो सेसन सम्पन्न भएको छ। शुक्रवार स्टडी पाथको कार्यालय परिसरमा आयोजित उक्त जानकारी सत्रमा नेपाल बाट अस्ट्रेलिया अध्ययनका लागि जान चाहने विद्यार्थीहरूलाई अस्ट्रेलिया अध्ययनका विविध आयामहरू र उक्त विश्वविद्यालय बारे जानकारी दिइएको थियो। स्टडी पाथमा भाषा कक्षा अध्ययनरत ५० जना विद्यार्थीहरूले उक्त सेसनमा सहभागिता जनाएका थिए।
ल्याट्रब युनिभर्सिटीका लागि दक्षिण एसिया र अफ्रिका ‘रिक्रुटमेन्ट म्यानेजर’ अरुण गौरले विश्वविद्यालयका तर्फबाट आधिकारिक जानकारी विद्यार्थीलाई गराएका थिए। गौरले आफ्नो प्रस्तुति सके सँगै सञ्चालन गरिएको प्रश्नोत्तर सत्रले सहभागीहरूमा रहेको जिज्ञासा मेटाउन सहयोग गरेको थियो।
कार्यक्रम पश्चात् मात्र एजुकेसन सँग कुरा गर्दै स्टडी पाथ कन्सल्ट्यान्स नेपालका प्रबन्ध निर्देशक विपिन केसीले विद्यार्थीहरूको सक्रिय र उत्साहजनक सहभागिताले कार्यक्रम सफल भएको प्रतिक्रिया दिए। उनले विदेश अध्ययन गर्न चाहने नेपाली विद्यार्थीको परामर्श सहयात्री बनेर अस्ट्रेलिया, अमेरिका, क्यानडा, युके, आयरल्यान्ड, न्युजिल्याण्ड जस्ता गन्तव्यमा स्टडी पाथले पठाउँदै आएको र आधिकारिक प्रतिनिधि बाट जाँदै गर्दा विद्यार्थीलाई पनि धेरै सहज हुने गरेको बताए। स्टडी पाथ विभिन्न मुलुकका १५० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय तथा क्याम्पसको आधिकारिक प्रतिनिधि भएको भन्दै केसीले विदेश अध्ययन सम्बन्धी परामर्शका लागि स्टडी पाथलाई सम्झन सम्बन्धित विद्यार्थीलाई अपिल गरे।
स्टडी पाथ कन्सल्ट्यान्स पुतलीसडक स्थित शंकरदेव क्याम्पस नजिकै रहेको छ।
