काठमाडौँ- बागबजारमा रहेको सक्सेस अब्रोड स्टडी कन्सल्टेन्सीले १० औँ वार्षिकोत्सव मनाउँदै गर्दा नयाँ ठाउँ बाट सेवा दिने तयारी गरेको छ। आगामी २४ गते मंगलबार आफ्नो वार्षिकोत्सवको अवसर पारेर नयाँ कार्यालय उद्घाटन गर्ने तयारी संस्थाले गरेको हो । अब यो कन्सल्टेन्सीले बागबजार स्थित नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको भवनको पाँचौँ तलाबाट सेवा दिने भएको छ।
मात्र एजुकेसन सँग कुरा गर्दै सक्सेसका प्रबन्ध निर्देशक भवनाथ हुमागाईँले संस्थाले सफलताको नवौँ वर्ष पार गर्दै गर्दा यो यात्रा अत्यन्तै रोचक रहेको र आगामी दिनहरू अझै अर्थपूर्ण हुने बताए। उनले संस्थालाई यहाँसम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै नयाँ ठाउँ र कार्यालय बाट अझै परिष्कृत र स्तरीय परामर्श सेवा प्रदान गरिने बताए। वार्षिकोत्सवको अवसर पारेर भाषा कक्षा तथा सेवा शुल्कहरूमा विशेष छुटको व्यवस्था गरिएको उनको भनाई थियो। हुमागाईँले आगामी मंगलबार सक्सेसको नयाँ कार्यालयको उद्घाटनमा सरिक हुन सबै शुभचिन्तकहरूलाई अपिल समेत गरेका छन्।
सक्सेस अब्रोड स्टडीले अस्ट्रेलिया, अमेरिका, जापान र क्यानडा जाने विद्यार्थीहरूलाई गुणस्तरीय परामर्श तथा भाषा कक्षाको सुविधा प्रदान गर्दै आएको छ।