Matra Education बिहिबार, भाद्र २५ २०८३

अब राइटपाथ बाट क्यानडा जान आवेदन दिँदा ६०००० सम्म बचाउन सकिने

अब राइटपाथ बाट क्यानडा जान आवेदन दिँदा ६०००० सम्म बचाउन सकिने

  • मात्र एजुकेशन
  • शुक्रबार, पौस १३ २०८०


काठमाडौँ- राजधानीको पुतलीसडकमा केन्द्रीय कार्यालय रहेको राइटपाथ करियर काउन्सिलिङले अध्ययनका लागि क्यानडा जान चाहने नेपाली विद्यार्थीहरूका लागि आकर्षक अफरको घोषणा गरेको छ। संस्थाले हिजो घोषणा गरेको यो नयाँ स्किम अन्तर्गत विद्यार्थीले रु ६०००० सम्म बचाउन सक्ने बताइएको छ।

क्यानडामा आगामी मे र सेप्टेम्बर महिनाका इन्टेकमा जान चाहने विद्यार्थीले राइटपाथ बाट आवेदन दिँदा ‘प्रोसेसिङ’ ‘एप्लिकेसन’ ‘भिसा’ र ‘बायोमेट्रिक’ मा लाग्ने कुनै पनि शुल्क तिर्नुपर्दैन। यो अफर आगामी जनवरी महिनाको ३० तारिख सम्म रहने संस्थाले जनाएको छ।

मात्र एजुकेसन सँग कुरा गर्दै राइटपाथका सिइओ फिलिप डिसीले पछिल्लो समय क्यानडा अध्ययन गन्तव्यका रूपमा अत्यधिक नेपाली विद्यार्थीले रुचाएको गन्तव्य भएको हुँदा यो अफर संस्थाले ल्याएको बताए। साथै सन् २०२४ का लागि राइटपाथले क्यानडा र युकेलाई विशेष प्राथमिकतामा राखेका कारण पनि अफर ल्याइएको उनको भनाई छ। अफर अन्तर्गत भिसा फि, एप्लिकेसन फि र बायोमेट्रिक परामर्श व्यवसायीले आफैँ तिरिदिने व्यवस्था भने नेपाली बजारका लागि बिलकुल नौलो विषय हो। डिसी राइटपाथले सधैँ विद्यार्थीको हितमा काम गर्दै आएकाले उनीहरूकै फाइदाका लागि संस्थाले यो अफर ल्याएको बताउँछन्। उनले क्यानडा अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीलाई समयमै राइटपाथमा सम्पर्क गरेर मौकाको फाइदा उठाउन अपिल गरेका छन्।

कस्तो संस्था हो राइटपाथ?
७ वर्षअघि क्यानडा जाने नेपाली विद्यार्थीहरूको परामर्श सहयात्री बनेर सुरु भएको राइटपाथ आज परामर्श क्षेत्रमा एक स्थापित र विश्वासिलो नाम बनिसकेको छ । विशेषतः क्यानडा, अस्ट्रेलिया, न्यु जिल्यान्ड, युके, अमेरिका आदि गन्तव्य अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई उसले सेवा प्रदान गर्दै आएको छ। काठमाडौँ सहित देशका प्रमुख सहरहरूमा शाखा रहेको राइटपाथले गुणस्तरीय शिक्षाका लागि उचित परामर्श भन्ने उद्देश्य बोकेको छ। राइटपाथ करियर काउन्सिलिङले स्तरीय भाषा कक्षा, निःशुल्क र गुणस्तरीय परामर्श सेवा, भिसा र डकुमेण्टेसन प्रक्रियामा सहयोग, अन्तर्वार्ता तयारी, यात्राअघिको मार्गनिर्देश र निःशुल्क आवेदन गर्ने काम गर्छ । विद्यार्थीको सुविधाका लागि अनलाइन बाटै आवेदन दिन सकिने व्यवस्था मिलाएको राइटपाथले विद्यार्थीले सिधै विषय विज्ञसँग कुरा गरेर आफ्नो विषय बारे बुझ्न सक्ने व्यवस्था पनि गरेको छ।

सफलताको सातौँ वर्षमा चलिरहँदा उच्च भिसा सफलता र विश्वसनीयता सहितको पहिचान राइटपाथले बनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड