Matra Education सोमबार, साउन ११ २०८३

फेकनको १३ औँ वार्षिक साधारण सभा पुस २७ गते सिल्भर ओक बैक्वेटमा हुने

फेकनको १३ औँ वार्षिक साधारण सभा पुस २७ गते सिल्भर ओक बैक्वेटमा हुने

  • मात्र एजुकेशन
  • सोमबार, पौस ९ २०८०


काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले आगामी पुस २७ गते १३ औँ वार्षिक साधारण सभा गर्ने भएको छ।

संस्थाले दिएको जानकारी अनुसार मिति २०८० पुस २७ गते शुक्रवार बिहान ८:०० बजे सिल्भर ओक बैक्वेट एन्ड इभेन्ट्स गैरिधारा काठमाडौँमा १३ औँ वार्षिक साधारण सभा सम्पन्न गर्ने तयारी गरिएको हो। फेकनको यही मिति २०८०/०९/०६ गते बसेको कार्यसमिति बैठकले उक्त निर्णय गरेको थियो।

यस सम्बन्धी थप जानकारीको लागि स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) केन्द्रीय कार्यालय डिल्लीबजारमा सम्पर्क गर्न संस्थाले आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड