Matra Education आइतबार, साउन १० २०८३

फिनल्यान्ड अध्ययन सम्बन्धी तालिम तथा सेमिनार सम्पन्न

फिनल्यान्ड अध्ययन सम्बन्धी तालिम तथा सेमिनार सम्पन्न

  • मात्र एजुकेशन
  • शनिबार, मंसिर ९ २०८०


काठमाडौँ- न्यु प्लाजा, पुतलीसडक स्थित आइडिबि ग्लोबलको आयोजनामा फिनल्यान्ड अध्ययन सम्बन्धी तालिम तथा सेमिनार सम्पन्न भएको छ। गत बुधबार आयोजित दुई फरक फरक सेसनमा तालिम तथा सेमिनार सम्पन्न गरिएको हो ।

पहिलो चरणमा आयोजकले युनि कन्सल्ट्यान्स अलायन्स सँगको सहकार्यमा फिनल्यान्ड जाने तयारी गरिरहेका विद्यार्थी तथा उक्त देशको काम गर्ने परामर्श व्यवसायीहरूलाई विभिन्न जानकारीहरू सहित एक दिने तालिम प्रदान गरेको थियो भने दोस्रो चरणमा परामर्श व्यवसायीहरूलाई काभ्रेको पनौती स्थित एक रिसोर्टमा रात्रिकालीन सेमिनार आयोजना गरी प्रश्नोत्तर सेसन सहितको सेमिनार सञ्चालन गरिएको थियो। दुवै चरणमा फिनल्यान्डको प्रसिद्ध `युनिभर्सिटी अफ भाषा´ का दक्षिण एसिया क्षेत्रीय सल्लाहकार बिर्जु पटेलले सहभागीहरूलाई फिनल्यान्ड अध्ययनका विभिन्न पाटोहरू बारे महत्त्वपूर्ण जानकारीहरू प्रदान गरेका थिए।

कार्यक्रममा सहभागीहरूले फिनल्यान्ड अध्ययनका लागि जाने तथा पठाउने सन्दर्भमा आफूहरूले प्राप्त गरेको ज्ञानको दायरा अझै बिस्तार भएको प्रतिक्रिया दिएका थिए । एउटा विश्वविद्यालयको बारे जानकारी दिन आयोजित कार्यक्रम भए पनि फिनल्यान्ड अध्ययनका समग्र पक्षहरू बारे छलफल भएको हुँदा कार्यक्रम उपलब्धिमूलक र अर्थपूर्ण बनेको उनीहरूको भनाई थियो। सहभागी परामर्श व्यवसायीहरूले `युनिभर्सिटी अफ भाषा´ सँगको यो सम्बन्धलाई सहकार्यमा बदल्न र दुई पक्षीय हितका लागि काम गर्न आफूहरू उत्सुक रहेको बताएका थिए।

कार्यक्रम समापन पश्चात् मात्र एजुकेसन सँग कुरा गर्दै आयोजक आइडिबि ग्लोबलका प्रबन्ध निर्देशक ईश्वर घिमिरेले अपेक्षित रूपमै कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले तालिम तथा सेमिनार मार्फत फिनल्यान्ड अध्ययनका अवसर, चुनौती, भ्रम र यथार्थ बारे प्रस्ट पार्न सकिएको भन्दै सन्तोष व्यक्त गरे। आफ्नो फिनल्यान्ड भ्रमणको सन्दर्भ जोड्दै उनले त्यहाँको विश्वस्तरिय शिक्षा प्रदान गर्नका लागि आइडिबि ग्लोबलले काम गर्दै आएको र `युनिभर्सिटी अफ भाषा´ र त्यहाँका अन्य प्रतिष्ठित शैक्षिक संस्थाहरूको आधिकारिक एजेन्सी प्राप्त गरेको उनले बताए। घिमिरेले अध्ययनका लागी फिनल्यान्ड जान चाहने विद्यार्थी तथा त्यहाँको काम गर्न चाहने परामर्श व्यवसायीहरूलाई थप जानकारीका लागि आइडिबि ग्लोबलमा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

विगत ९ वर्ष देखि फिनल्यान्ड, अस्ट्रेलिया, क्यानडा, अमेरिका, युके लगायतका गन्तव्यहरूमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूको परामर्श सहयात्री बनिरहेको आइडिबी ग्लोबलले विश्वसनीय परामर्श व्यवसायीको पहिचान बनाएको छ। थप जानकारीका लागि यहाँ क्लिक गरेर आइडिबिको वेबसाइट हेर्न सक्नुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड