Matra Education आइतबार, साउन १० २०८३

कार्तिक २३ गते फेकनले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने

कार्तिक २३ गते फेकनले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने

  • मात्र एजुकेशन
  • आइतबार, कार्तिक १९ २०८०


काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले चाडपर्वहरूको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ। आगामी २३ गते बिहिबार राजधानीको नयाँ वानेश्वर स्थित इन्द्रेणी बैंकेटमा औपचारिक कार्यक्रम गरेर संस्थाले आफ्ना सदस्यहरू, शुभचिन्तकहरू सहित सम्पूर्ण नेपालीहरूलाई शुभकामना दिने तयारी गरेको हो।

फेकनले भर्खरै सकिएको दसैँ, आउँदै गरेको तिहार, छठ, नेपाल संवत् लगायतका पर्वहरूको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रममा विभिन्न क्षेत्रका अतिथिहरू सहित फेकन सदस्यहरू र शुभचिन्तकहरूको उपस्थिति रहने संस्थाले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड