काठमाडौँ- विदेश अध्ययन सम्बन्धी जिज्ञासा र दुबिधा भएका विद्यार्थीहरूलाई सघाउने उद्देश्यले पुतलीसडकमा रहेको राइटपाथ करियर काउन्सिलिङले भोलि अर्थात् असोज १७ गते ‘ग्राण्ड एडमिसन डे’ को आयोजना गरेको छ। बुधबार राइटपाथको केन्द्रीय कार्यालय परिसरमा आयोजना हुने उक्त कार्यक्रममा अस्ट्रेलिया, क्यानडा, अमेरिका, युके लगायतका गन्तव्यहरूमा अध्ययन गर्न चाहने विद्यार्थीलाई उचित जानकारी र गुणस्तरीय परामर्श प्रदान गर्ने लक्ष्य राखिएको छ।
कक्षा १२ को नतिजा आइसकेको र स्नातक तहको पनि आउने क्रममा रहेको हुँदा विदेश अध्ययन गर्न चाहने विद्यार्थीलाई समयमै गुणस्तरीय परामर्श दिनका लागि ‘ग्राण्ड एडमिसन डे’ आयोजना गरिएको राइटपाथले जनाएको छ। उक्त दिन सहभागी हुने विद्यार्थीले ‘अन स्पट एडमिसन’, भाषा कक्षामा छुट, सेवा शुल्कमा शतप्रतिशत छुट र कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधि बाट उचित परामर्श र सही मार्गनिर्देशन लगायतका सुविधा प्राप्त गर्नेछन्। त्यस्तै सहभागी हुने प्रत्येक विद्यार्थीले आकर्षक गिफ्ट ह्याम्पर पनि प्राप्त गर्ने आयोजकको भनाई छ।
मात्र एजुकेसन सँग कुरा गर्दै राइटपाथ करियर काउन्सिलिङका सिइओ फिलिप डिसी ‘ग्राण्ड एडमिसन डे’ मा सहभागी हुने विद्यार्थीहरूले थुप्रै फाइदा लिन सक्ने बताउँछन्। २० भन्दा बढी प्रतिष्ठित शैक्षिक संस्थाहरूको प्रत्यक्ष सहभागिता रहने यो कार्यक्रममा प्रत्येक विद्यार्थीले आफूले रुचाएको गन्तव्य र शैक्षिक संस्थाका बारेमा व्यक्तिगत रूपमा सम्बन्धित क्षेत्रकै प्रतिनिधि बाट परामर्श लिन सक्ने उनको भनाई छ। त्यस्तै छुट र छात्रवृत्तिको विशेष व्यवस्था पनि कार्यक्रमको अर्को आकर्षण भएको उनले बताए। उनले सक्रिय सहभागिता जनाएर अधिकतम लाभ लिन पनि सम्बद्ध सबैलाई अनुरोध गरेका छन्।
राइटपाथलाई यसरी चिन्नुहोस्:
७ वर्षअघि क्यानडा जाने नेपाली विद्यार्थीहरूको परामर्श सहयात्री बनेर सुरु भएको राइटपाथ आज परामर्श क्षेत्रमा एक स्थापित र विश्वासिलो नाम बनिसकेको छ । विशेषतः क्यानडा, अस्ट्रेलिया, न्यु जिल्यान्ड, युके, अमेरिका आदि गन्तव्य अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई उसले सेवा प्रदान गर्दै आएको छ। काठमाडौँ सहित देशका प्रमुख सहरहरूमा शाखा रहेको राइटपाथले गुणस्तरीय शिक्षाका लागि उचित परामर्श भन्ने उद्देश्य बोकेको छ। राइटपाथ करियर काउन्सिलिङले स्तरीय भाषा कक्षा, निःशुल्क र गुणस्तरीय परामर्श सेवा, भिसा र डकुमेण्टेसन प्रक्रियामा सहयोग, अन्तर्वार्ता तयारी, यात्राअघिको मार्गनिर्देश र निःशुल्क आवेदन गर्ने काम गर्छ । विद्यार्थीको सुविधाका लागि अनलाइन बाटै आवेदन दिन सकिने व्यवस्था मिलाएको राइटपाथले विद्यार्थीले सिधै विषय विज्ञसँग कुरा गरेर आफ्नो विषय बारे बुझ्न सक्ने व्यवस्था पनि गरेको छ।
सफलताको छैटौँ वर्ष पार गरिसक्दा उच्च भिसा सफलता र विश्वसनीयता सहितको पहिचान राइटपाथले बनाएको छ।