Matra Education आइतबार, साउन १० २०८३

नेसनल प्याब्सनको विज्ञप्ति: अध्यक्ष हमाल नै हुन्, न्यौपानेले भ्रम छर्न खोजे

नेसनल प्याब्सनको विज्ञप्ति: अध्यक्ष हमाल नै हुन्, न्यौपानेले भ्रम छर्न खोजे

  • मात्र एजुकेशन
  • आइतबार, असोज १४ २०८०


काठमाडौँ- राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले केन्द्रीय अध्यक्ष पाण्डव हमाल नै भएको जनाएको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै संस्थाले केन्द्रीय समितिको नेपालगन्जमा भएको सातौँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष र सह-अध्यक्ष पदमा क्रमशः पाण्डव हमाल र सुवास न्यौपानेलाई मनोनयन गरेको र सोही अनुसार दुवै जनाले विधानतः एक कार्यकाल (३ वर्षे कार्यकाल) को शपथ खाएको हुँदा सोही अनुसार कायम हुने उल्लेख गरेको हो। शनिबार न्यौपाने पक्षले आधा-आधा कार्यकाल गर्ने गरी नेपालगन्जमा सहमति भएको भन्दै न्यौपानेलाई अध्यक्षमा पद बहाली गरिएको घोषणा गरेको थियो।

जारी विज्ञप्तिमा अनुपम फुडल्याण्डमा शनिबार केही व्यक्तिहरूको भेला बोलाई पदभार ग्रहण गरेको भन्दै नाटक मञ्चन गरिएको उल्लेख छ । विज्ञप्ति सँगै मात्र एजुकेसनलाई प्राप्त शपथ पत्रको ब्यहोरामा पनि हमाल र न्यौपाने दुवैले ३ वर्षे कार्यकालका लागि अध्यक्ष र सह अध्यक्ष पदमा शपथ लिएको देखिन्छ। विज्ञप्तिले १३ गते गरिएको स्वघोषित अध्यक्षता विधान विपरीत र गैह्र कानुनी भएको बताएको छ। एशोसीएसनको केन्द्रीय कार्यालयमा गए राति अन्दाजी ७:०० बजेको समयमा हुलहुज्जत सहित जबरजस्ती प्रवेश गरिएको प्रति पनि केन्द्रीय समितिले विज्ञप्ति मार्फत भर्त्सना गरेको छ।

विज्ञप्ति संस्थाका महासचिव पारसमणि दाहाल, कोषाध्यक्ष प्रताप बहादुर थापा, अध्यक्ष पाण्डव हमाल र संस्थापक अध्यक्ष गीता क्षेत्रीले संयुक्त रूपमा जारी गरेका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड