काठमाडौँ- विदेश अध्ययन सम्बन्धी जिज्ञासा र दुबिधा भएका विद्यार्थीहरूलाई सघाउने उद्देश्यले बागबजार स्थित निर्वाना काउन्सिलिङ सेन्टरले ‘निर्वाना एडु फेस्ट’ को आयोजना गर्ने भएको छ । आगामी सेप्टेम्बर २२ तारिखका दिन निर्वाना परिसरमा आयोजना हुने उक्त कार्यक्रममा अस्ट्रेलिया, क्यानडा, अमेरिका, युके लगायतका गन्तव्यहरूमा अध्ययन गर्न चाहने विद्यार्थीलाई उचित जानकारी र गुणस्तरीय परामर्श प्रदान गर्ने लक्ष्य राखिएको छ।
कक्षा १२ को नतिजा आइसकेको र स्नातक तहको पनि आउने क्रममा रहेको हुँदा विदेश अध्ययन गर्न चाहने विद्यार्थीलाई समयमै गुणस्तरीय परामर्श दिनका लागि एडुफेस्ट आयोजना गरिएको निर्वानाले जनाएको छ। उक्त दिन सहभागी हुने विद्यार्थीले ‘अन स्पट एडमिसन’, भाषा कक्षामा छुट, सेवा शुल्कमा शतप्रतिशत छुट र कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधि बाट उचित परामर्श र सही मार्गनिर्देशन लगायतका सुविधा प्राप्त गर्नेछन्। त्यस्तै सहभागी हुने प्रत्येक विद्यार्थीले आकर्षक गिफ्ट ह्याम्पर पनि प्राप्त गर्ने आयोजकको भनाई छ।
मात्र एजुकेसन सँग कुरा गर्दै निर्वाना काउन्सिलिङ सेन्टरका प्रबन्ध निर्देशक शिव त्रिपाठी ‘निर्वाना एडु फेस्ट’ मा सहभागी हुने विद्यार्थीहरूले थुप्रै फाइदा लिन सक्ने बताउँछन्। प्रतिष्ठित शैक्षिक संस्थाहरूले मात्रै भाग लिने, भिसा सफलता उच्च भएका र गुणस्तरीय शिक्षा प्रदायकको पहिचान बनाउन सफल शैक्षिक संस्था मात्रै आउनु एडुफेस्टको पहिलो विशेषता भएको उनले बताए। त्यस्तै छुट र छात्रवृत्तिको व्यवस्था पनि उक्त दिन विशेष हुने उनको भनाइ छ। स्नातकोत्तर र विद्यावारिधि गर्ने सोच भएका विद्यार्थीहरूले उक्त फेस्ट बाट अझै धेरै लाभ लिन सक्ने त्रिपाठीको दाबी छ। उनले सक्रिय सहभागिता जनाएर अधिकतम लाभ लिन पनि सम्बद्ध सबैलाई अनुरोध गरेका छन्।
तपाईँ यहाँ क्लिक गरेर कार्यक्रमका लागि रजिस्टर गर्न सक्नुहुन्छ।