Matra Education बिहिबार, भाद्र २५ २०८३

पिक्यानमा कोषको जिम्मा राम थापालाई

पिक्यानमा कोषको जिम्मा राम थापालाई

  • मात्र एजुकेशन
  • मंगलबार, भाद्र १९ २०८०


काठमाडौँ – प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संघ (पिक्यान) को गत १६ गते सम्पन्न राष्ट्रिय अधिवेशन बाट बागबजार स्थित ओएसिस अब्रोड स्टडी सर्भिसेस एण्ड कन्सल्टेन्सीका सञ्चालक राम थापाले कोषाध्यक्षको जिम्मेवारी प्राप्त गरेका छन्। अधिवेशनले थापालाई सर्वसम्मत कोषाध्यक्ष चयन गरेको हो। अधिवेशनले फेकनका निवर्तमान अध्यक्ष समेत रहेका बासुदेव नेपालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

चयन भएका अन्य पदाधिकारीहरूमा उपाध्यक्ष बालकृष्ण विष्ट र दीपक खनाल, महिला उपाध्यक्ष सुष्मा आचार्य, महासचिव रबिन केसी, सचिव रामचन्द्र केसी, कृष्ण कँडेल र विश्व कल्याण अधिकारी रहेका छन्। त्यस्तै पवित्र थापा मगर, मेनुका ढुंगाना, सुनिल खतिवडा, बलराम आचार्य, सूर्यमोहन आचार्य, छत्रबहादुर विष्ट, निराजन शिवाकोटी, यज्ञ विलास पौडेल, पुष्पराज पहराई र रविन तिमिल्सिना कार्यसमिति सदस्यमा निर्वाचित भएका छन्।

मात्र एजुकेसन सँग कुरा गर्दै पिक्यानका नवनिर्वाचित कोषाध्यक्ष राम थापाले संस्था भित्र रहेर बलियो कोष निर्माणका लागि सक्रियता पूर्वक लाग्ने प्रतिक्रिया दिए। संस्थाले गर्ने जुन सुकै कामका लागि कोष बलियो हुन जरुरी रहेको भन्दा उनले पिक्यान कोषलाई समृद्ध बनाउन आफूले विभिन्न कार्यक्रमहरू ल्याउने उनको भनाई थियो। आफूलाई निर्वाचित गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै उनले कार्यकाल भर पूर्ण साथ र समर्थनको अपेक्षा गरेको बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड