काठमाडौँ- पछिल्लो समय विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थीको सङ्ख्या अत्यधिक बढेको छ। विश्वका विभिन्न देशमा नेपाली विद्यार्थीहरू अध्ययनका लागि जाने गरेको भए पनि हिजोआज भने क्यानडा तिर सबैभन्दा धेरै नेपाली विद्यार्थीको आकर्षण देखिन्छ। खासगरि अन्य देशहरूमा देखिएका विविध समस्या र भिसा प्राप्त गर्न झेल्नुपर्ने कठिनाइले विद्यार्थीको ध्यान क्यानडा तिर तानेको हो। क्यानडा तिर यसरी आकर्षण बढ्दै जाँदा त्यसको सही सदुपयोग गर्दै थुप्रै विद्यार्थीलाई उनीहरूको सपनाको देश (क्यानडा) पुर्याउन सफल एउटा परामर्श व्यवसायी संस्थासँग आज हामी तपाईँलाई जोड्दै छौँ जसले आफ्नो लामो इतिहासमा गुणस्तर र विश्वसनीयतालाई आफ्नो पर्याय बनाएको छ ।
राजधानीको पुतलीसडकमा रहेको आइसिसी अब्रोड स्टडी कन्सल्ट थुप्रै परामर्श व्यवसायीहरूको भिडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कन्सल्टेन्सी हो । करिब दुई दशकको कलेज र आइएलटिएस शिक्षण अनुभव बोकेका दिपेन्द्र पोखरेलले सन् २०१५ देखि यो नाममा परामर्श सेवा सुरु गरेका हुन्। सफलताकोआठौँ वसन्त पार गर्दै गर्दा संस्थाले थुप्रै विद्यार्थीको मन मात्रै जितेको छैन उनीहरूलाई आफ्नो उज्ज्वल भविष्य पनि देखाएको छ । पोखरेलले जापानमा अध्ययन गरेर फर्किएकी धर्मपत्नी मुना ढुंगेललाई साथमा लिएर स्थापनाकालमा जापान बाट सुरु गरेको भए पनि हाल आइसिसीले जापान सहित क्यानडा, अस्ट्रेलिया,अमेरिका, युके, डेनमार्क, फ्रान्स लगायतका गन्तव्यहरूमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूलाई सेवा दिइरहेको छ। विशेष गरी क्यानडा जाने विद्यार्थीहरूले अत्यधिक रुचाएकै कारण हिजोआज आइसिसीले उक्त देशको लोभलाग्दो भिसा सफलता प्राप्त गरिरहेको छ। त्यस्तै संस्थाबाट अन्य मुलुकहरूको लागि आवेदन दिएका विद्यार्थीहरूको भिसा सफलता पनि सन्तोषजनक रहेको छ ।
क्यानडा अन्तर्राष्ट्रिय विद्यार्थीले बढी रुचाएको एक प्रमुख गन्तव्यको रूपमा रहेको छ। शैक्षिक संस्थाहरूको गुणस्तर र त्यहाँ अन्तर्राष्ट्रिय विद्यार्थीले पाउने कोर्सका विभिन्नता, उपयुक्त वातावरण र शुल्कका कारण मात्रै यो देश रोजाइको बनेको नभई त्यहाँ उनीहरूले शिक्षा सँगै पाउने सिप र रोजगारीको सुनिश्चितताको उतिकै भूमिका रहेको छ। त्यस्तै अन्य देशहरूको तुलनामा कम शिक्षण शुल्क, कम दैनिक खर्च, राम्रो जीवन स्तर, आप्रवासनको लागी सम्भावित अवसर आदि पनि विद्यार्थीलाई आकर्षित गर्न सक्ने तत्त्वहरू हुन्। यस बाहेक पछिल्लो समय क्यानडाको भिसा सफलता राम्रो रहेको छ।

यस्ता विषयहरूले क्यानडा तिर नेपाली विद्यार्थीहरूलाई आकर्षित गर्दै गर्दा उनीहरूको उपयुक्त मार्गदर्शक बनेको छ आइसिसी अब्रोड स्टडी कन्सल्ट। उच्च भिसा सफलता प्राप्त गरिरहेको यो संस्थाले क्यानडा जाने नेपाली विद्यार्थीलाई सरल आवेदन प्रक्रिया, कोर्सहरूको विविध छनोट, विद्यार्थीको आर्थिक अवस्था अनुसारको ट्युसन फि, छोटो समयमै पिआरको अवसर, डकुमेण्टेसनमा सहयोग, सबै तहमा आवेदन लगायतका सुविधा प्रदान गर्दै आएको छ। अस्ट्रेलियामा भिसा प्राप्त नगरेकाले समेत आवेदन दिनसक्ने व्यवस्था आइसिसीमा गरिएको छ।
यसबाहेक आफ्नो भाषा कक्षाका कारण पनि आइसिसी स्थापित छ । टोफेल, आईएल्टिएस, पिटिई, जर्मन भाषा र ड्युलिङ्गोको तयारी गराउने आइसिसीले प्रत्येक भाषाका लागि अलग अलग दक्ष प्रशिक्षकको व्यवस्था गरेको छ । सुलभ दरमा भाषा शिक्षण, थोरै विद्यार्थी सङ्ख्या राखेर शिक्षण, प्रत्येक हप्ता निःशुल्क मक टेस्टको व्यवस्था र भाषामा उत्कृष्ट नतिजा आदि आइसिसीको भाषा कक्षाका अन्य विशेषताहरू हुन् ।

आइसिसीले आफ्नो संस्थाबाट विदेश अध्ययनको आवेदन दिने विद्यार्थीका लागि पनि विशेष व्यवस्था गर्ने गरेको छ । निःशुल्क काउन्सिलिङको सुविधा बाहेक सुलभ दरमा प्रोसेसिङ, योग्य आवेदकका लागि छात्रवृत्तिको व्यवस्था, उपयुक्त कोर्स, विश्वविद्यालय र विषयहरूको विविध छनोटको विकल्प, डकुमेन्ट बनाउन सहयोग, विदेश जानू अगाडि उपयुक्त मार्गदर्शन आदि आइसिसीका विद्यार्थीले पाउने सुविधा हुन् ।
यो सँगै आइसिसीका सञ्चालक लामो समय परामर्श क्षेत्रमा अनुभवी व्यक्तित्व भएकाले तपाईँको आवेदन प्रक्रिया सरल र सहज हुनेछ। त्यसबाहेक आइसिसीका सञ्चालक दिपेन्द्र पोखरेल परामर्श व्यवसायीहरूको छाता सङ्गठन स्वतन्त्र शैक्षिक परामर्श व्यवसायी संघ नेपाल (फेकन) का कोषाध्यक्ष पनि भएकाले गुणस्तरीय परामर्श सेवा प्रदान हुनेमा कुनै दुई मत छैन।
तपाईँ पनि अध्ययनका लागि क्यानडा जान चाहनुहुन्छ वा विदेश अध्ययनको योजना बनाउँदै हुनुहुन्छ भने पुतलीसडक स्थित शंकरदेव क्याम्पस बाट पुरानो बसपार्क तिर केही अगाडी रहेको आइसिसी अब्रोड स्टडी कन्सल्ट जान सक्नुहुन्छ। थप जानकारीका लागि यहाँ क्लिक गरेर फेसबुक पेजमा जोडिन सकिन्छ ।