(मात्र एजुकेसनले अब्रोड स्टडी स्तम्भ मार्फत विश्वका विभिन्न देश पढ्न जाने नेपाली विद्यार्थीहरूलाई उपयुक्त जानकारी प्राप्त गर्न सहयोग गर्दै आएको छ। उक्त स्तम्भ अन्तर्गत हामीले भरपर्दो, विश्वसनीय र गुणस्तरीय भाषा कक्षा तथा परामर्श सेवा प्रदान गर्ने उत्कृष्ट परामर्श व्यवसायीका बारे तपाईँलाई जानकारी गराउँदै आएका छौँ । यो सामग्री त्यसैको निरन्तरता हो)
काठमाडौँ- पछिल्लो समय विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरू माझ रोजाइको गन्तव्य बनेको छ दक्षिण कोरिया। कम लागतमा विद्यार्थी भिसामा जान पाइने एसियन देश हुनु, प्रयोगात्मक र विश्व स्तरीय शिक्षाको अवसर प्रदान गर्नु, अन्य पश्चिमी देशको तुलनामा सस्तो र गुणस्तरीय शिक्षा दिनुका साथै पढाइ पछि प्रदान हुने उपयुक्त कामको अवसरले नेपाली विद्यार्थीलाई कोरियातिर आकर्षित गर्छ। त्यस्तै ‘पार्ट-टाइम’ काम, ‘पिएस्डब्ल्युको’ सम्भावित अवसर र वर्किङ भिसामा परिवर्तन गर्न सकिने सुविधाले पनि कोरियालाई विद्यार्थीको रोजाइको लोकप्रिय गन्तव्य बनाएको हो।
कोरियामा यावत अवसरहरू हुँदाहुँदै पनि कतिपय विद्यार्थीहरू भने उपयुक्त परामर्शदाता नभेटेर आफ्नो कोरिया जाने सपना नै मार्न बाध्य हुनुपरेको गुनासो गर्छन्। तर राम्रो सँग बुझेर, उपयुक्त परामर्शदाताको सहयोग लिएर जानेहरू भने आज अध्ययन सँगै राम्रो जीवनशैलीको स्वाद चाखिरहेका छन्। त्यसैले कोरिया अध्ययन गर्न जानु अघि दक्ष, भरपर्दो र विश्वसनीय परामर्श दाता छान्नु आवश्यक हुन्छ।
दक्षिण कोरिया पठाउने थुप्रै कन्सल्टेन्सीहरूको भिडमा आफ्नो अलग पहिचान बनाउन सफल संस्था हो राजधानीको तीनकुने शान्तिनगर गेटमा रहेको टि.टि. वर्ल्ड एजुकेसन कन्सल्टेन्सी। कोरिया पठाउने धेरै संस्थाहरूले समेत अग्रणी भनेर स्विकार्ने यो संस्था आफ्नो फरक अस्तित्व र सफलताको जग स्थापना गरेकै कारण दक्षिण कोरिया जाने विद्यार्थीहरू माझ लोकप्रिय छ। काठमाडौँ र आसपासका कोरिया जाने विद्यार्थीको योजनामा अभिन्न अङ्ग बनेर आउँछ यो कन्सल्टेन्सी। त्यसैले त, न ठुलो प्रचार प्रसार न कुनै तडक भडक यो संस्था आफ्नो गतिमा निरन्तर चलिरहेकै छ।
सन् २०१७ देखि नै निरन्तर कोरिया जाने विद्यार्थीलाई सेवा प्रदान गर्दै आएको टि.टि. वर्ल्डले उच्च भिसा सफलता र पारदर्शिता सहितको परामर्श व्यवसायीको पहिचान बनाएको छ। एउटा विद्यार्थी विदेश जाने सोच बनाएर पहिलो दिन आउँदा नै लाग्ने शुल्कका बारे सबै जानकारी दिने यो कन्सल्टेन्सीले कुनै पनि ‘हिडन चार्ज’ लिँदैन। त्यसबाहेक परामर्श र भाषा कक्षामा उत्कृष्टता प्रदान गर्नका लागि टि.टि. वर्ल्डको दक्ष टोली सधैँ तत्पर रहन्छ ।

कोरियन भाषाको तयारी पनि गराउँदै आएको टि.टि. वर्ल्डले भाषा शिक्षणका लागि दक्ष र अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित प्रशिक्षकहरूको व्यवस्था गरेको छ। नियमित मक टेस्ट, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, नियमित परीक्षा र नेटिभ स्पिकर सँग हरेक महिना २ पटक अन्तरक्रिया आदि टि.टि. वर्ल्डको भाषा कक्षाका विशेषताहरू हुन्। अध्ययनका लागि जाने विद्यार्थीका लागि मात्रै नभई इपिएस मार्फत कामका लागि कोरिया जानेहरूका लागि समेत टि.टि. वर्ल्डमा भाषा कक्षा सञ्चालित छ।

टि.टि. वर्ल्ड बाट कोरिया जाने विद्यार्थीहरू टि.टि. वर्ल्ड आल्मुनईको बृहत् सञ्जालमा जोडिन सक्छन्। यस सञ्जालले पनि आवश्यकता अनुसार नयाँ विद्यार्थीहरूलाई सहयोग गर्दै आएको छ।
स्थापना काल देखि नै टिटि वर्ल्डको बुटवल शाखा प्रमुख बनेर काम गरेका सञ्चालक किरण कुँवर हाल काठमाडौँ बसेर केन्द्रीय कार्यालयलाई नेतृत्व प्रदान गरिरहेका छन्। हाल संस्थाको ‘सिनियर काउन्सिलर’ समेत रहेका उनी मात्र एजुकेसन सँग कुरा गर्दै स्तरीय परामर्श नै टिटि वर्ल्डको विशेषता भएको बताउँछन्। आफ्नो अनुभव बाँड्दै उनी भन्छन्, “कोरिया जाने सपना बोकेर आउने सबै विद्यार्थी त्यसका लागि तयार भने हुँदैनन्। त्यसैले हामी त्यहाँको वस्तुस्थिति बारे सम्पूर्ण जानकारी गराएर मात्रै परामर्श दिन्छौ। सबै अवस्था बुझिसक्दा एउटा विद्यार्थी कोरिया जान तयार भयो भने मात्रै टिटि वर्ल्डले उसको फाइल अगाडी बढाउँछ।”

अन्य गन्तव्यमा पनि टि.टि. वर्ल्डको पाइला
कोरिया बाहेक जापान, क्यानडा, युके र अस्ट्रेलियामा पनि टि.टि. वर्ल्डले नेपाली विद्यार्थी पठाउँदै आएको छ। पछिल्लो समय अस्ट्रेलिया, क्यानडा, युके जाने विद्यार्थीलाई समेत प्राथमिकतामा राखेर काम गर्दै आएको यो संस्थाले आइएल्टिएस, पिटिई लगायतका भाषा कक्षामा थप जोड दिएको छ। भाषा कक्षामा उत्कृष्टता पनि संस्थाको पहिचान हो। आइ.एल.टि.एस/ पिटिई जस्ता भाषा पढेर टि.टि. वर्ल्ड बाटै विदेश अध्ययनको आवेदन दिँदा उक्त शुल्क फिर्ता पाउने व्यवस्था संस्थाले गरेको छ।
टि.टि. वर्ल्ड बाट नै किन विदेश अध्ययनका लागि आवेदन दिने भन्ने प्रश्नमा यसका अर्का सञ्चालक गणेश बेलबासेको जवाफ रोचक छ। उनी सबैले आफ्नो कामलाई राम्रो भन्ने भएकाले आफू त्यसो नभन्ने बताउँछन्। टि.टि. वर्ल्ड आउने जो कोही विद्यार्थीले पनि आफैँ फरक छुट्ट्याउन सक्ने भएकाले संस्थाको काम नै संस्थाको परिचय भएको उनको भनाइ छ। छोटो समयमै टि.टि. वर्ल्डले प्राप्त गरेको उल्लेखनीय भिसा सफलता, लागत शुल्कका विषयमा पारदर्शिता, सही र निःशुल्क परामर्श, योग्य आवेदकलाई छात्रवृत्तिको व्यवस्था आदि टि.टि. वर्ल्डका विद्यार्थीले पाउने सुविधा हुन्। त्यस्तै भिसा पछिको उत्तरदायित्व, ‘पि.एस्ड.डब्ल्यु.’ र वर्किङ भिसाको प्रक्रियामा सहयोग, वासस्थान खोज्न सहयोग, कागजात र अन्तर्वार्ता तयारीमा सहयोग आदि पाउनका लागि पनि विद्यार्थीले टि.टि. वर्ल्ड रोज्नुपर्ने हुन्छ।

बेलबासे आफैँ कोरिया पढेर फर्किएका हुन्। परामर्श क्षेत्रमा गतिलो अनुभव बटुलिसकेका यी युवा एमडीले विदेश अध्ययनका अवसर र चुनौतीलाई नजिकबाट अनुभव गरिसकेका छन्। त्यसैले उनी कोरियाको लाखौँ कमाइको काम छोडेर नेपाली विद्यार्थीलाई गुणस्तरीय परामर्श दिँदै विदेशको वस्तुस्थिति जस्ताको त्यस्तै देखाउनुपर्छ भन्ने उद्देश्यले नेपाल फर्किएका हुन्। विभिन्न देशहरूको शैक्षिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक पक्षसँग राम्रोसँग परिचित उनी आफ्नो यो अनुभवले विद्यार्थीलाई विदेश अध्ययन बारे बुझाउन अझै सजिलो हुने धारणा राख्छन्।
आफूलाई गुणस्तरको पर्यायका रूपमा प्रस्तुत गर्दै छोटो समयमै आफ्नो छुट्टै अस्तित्व स्थापित गर्न सफल टि.टि. वर्ल्ड तपाईँका लागि उपयुक्त परामर्शदाता हुन सक्छ। तपाईँ पनि आफ्नो विदेश अध्ययनको सपना पुरा गर्न चाहनुहुन्छ भने थुप्रै नेपाली विद्यार्थीहरूको सारथि बनिसकेको टि.टि. वर्ल्डलाई रोज्न सक्नुहुन्छ। त्यसका लागि तपाईँ तीनकुने शान्तिनगर गेट नजिकै रहेको टि.टि. वर्ल्डको कार्यालय जान सक्नुहुन्छ। त्यस्तै यहाँ क्लिक गरेर टि.टि. वर्ल्डको वेबसाइट र यहाँ क्लिक गरेर फेसबुक पेज सँग पनि जोडिन सकिन्छ।