Matra Education बिहिबार, भाद्र २५ २०८३

विदेश अध्ययन सम्बन्धी दुबिधा छ ? त्यसो भए सेप्टेम्बर १ मा ड्रिमअन आउनुहोस्

विदेश अध्ययन सम्बन्धी दुबिधा छ ? त्यसो भए सेप्टेम्बर १ मा ड्रिमअन आउनुहोस्

  • मात्र एजुकेशन
  • शुक्रबार, भाद्र ८ २०८०


काठमाडौँ- विदेश अध्ययन सम्बन्धी जिज्ञासा र दुबिधा भएका विद्यार्थीहरूलाई सघाउने उद्देश्यले डिल्लीबजार स्थित ड्रिमअन एजुकेसनल कन्सल्टेन्सीले ‘इनोभेसन डे’ को आयोजना गरेको छ। आगामी सेप्टेम्बर १ तारिखका दिन ड्रिमअन परिसरमा आयोजना हुने उक्त कार्यक्रममा अस्ट्रेलिया, क्यानडा, अमेरिका र युके अध्ययन गर्न चाहने विद्यार्थीलाई उचित जानकारी र गुणस्तरीय परामर्श प्रदान गर्ने लक्ष्य राखिएको छ।

आफ्नो सुनिश्चित भविष्यको खोजीमा रहेका नेपाली विद्यार्थीहरूको सारथि बन्ने उद्देश्यका साथ ‘इनोभेसन डे’ आयोजना गरिएको ड्रिमअनका प्रबन्ध निर्देशक भिम बहादुर थापाले मात्र एजुकेसनलाई बताए। कार्यक्रम मार्फत विद्यार्थीहरूलाई विभिन्न विकल्पहरू, उचित अवसरहरू र छात्रवृत्ति प्रदान गरिने उनले बताए। थापाले समयमै आफ्नो नाम दर्ता गरेर मौकाको फाइदा उठाउन पनि विद्यार्थीहरूलाई आग्रह गरेका छन्।

दश वर्ष भन्दा लामो सफलताको अनुभव भएको ड्रिमअन एजुकेसनल कन्सल्टेन्सी डिल्लीबजारमा अवस्थित छ। विदेश अध्ययन गर्न जान चाहने हजारौँ नेपाली विद्यार्थीहरूको परामर्श सहयात्री बनिसकेको यो संस्थाले उत्कृष्ट भाषा कक्षा समेत सञ्चालन गर्दै आएको छ। तपाईँ यहाँ क्लिक गरेर ड्रिमअन ‘इनोभेसन डे’ का लागि रजिस्टर गर्न सक्नुहुन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड