Matra Education आइतबार, साउन १० २०८३

विद्यार्थीहरूको उत्साहजनक उपस्थितिमा अर्बिटको शैक्षिक मेला सम्पन्न

विद्यार्थीहरूको उत्साहजनक उपस्थितिमा अर्बिटको शैक्षिक मेला सम्पन्न

  • मात्र एजुकेशन
  • सोमबार, भाद्र ४ २०८०


काठमाडौँ- अर्बिट इन्टरनेसनल एजुकेसनले आयोजना गरेको शैक्षिक मेला विद्यार्थीहरूको उत्साहजनक उपस्थितिमा सम्पन्न भएको छ। सोमबार अर्बिट परिसरमा आयोजित मेलामा १२०० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया र आयरल्यान्डका प्रतिष्ठित कलेज र विश्वविद्यालय प्रतिनिधिहरूको उपस्थितिमा शैक्षिक जानकारी प्रदान गरिएको थियो।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष तथा अर्बिट इन्टरनेशनल एजुकेसनका निर्देशक शेषराज भट्टराईले उद्घाटन गरेको कार्यक्रम भव्यताका साथ सुरु गरिएको थियो । कार्यक्रमको उद्घाटनमा अर्बिटका निर्देशक प्रकाश पाण्डे र थिरलाल भट्टले विश्वविद्यालयका प्रतिनिधिहरूलाई स्वागत समेत गरेका थिए ।

शैक्षिक मेलाले बाहिर पढ्न चाहने विद्यार्थीहरूलाई विश्व-स्तरीय शैक्षिक अवसरहरूसँग जोड्न ध्यान आकर्षित गरेको थियो । त्यस्तै मेलाले विद्यार्थीहरूलाई विश्वभरका अग्रणी संस्थाहरूद्वारा प्रस्तावित शैक्षिक मार्गहरूको विस्तृत शृङ्खला अन्वेषण गर्ने अमूल्य अवसर प्रदान गरेको थियो। विश्वका प्रतिष्ठित विश्वविद्यालय र क्याम्पसका प्रतिनिधिहरू सँग प्रत्यक्ष अन्तरक्रिया गर्ने मौका पाएको, छात्रवृत्ति र उपलब्ध अवसरहरू बारे जानकारी पाएको हुँदा मेला उपलब्धिमूलक रहेको सहभागी विद्यार्थीहरूको भनाई थियो।

अन्तर्राष्ट्रिय शिक्षामा २३ वर्ष लामो अनुभवका साथ सञ्चालन भइरहेको अर्बिट इन्टरनेशनल एजुकेसन विदेश अध्ययन गर्न जाने धेरै विद्यार्थीहरूको परामर्श सहयात्री बनिसकेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड