काठमाडौँ- यदि तपाईँ अध्ययनका लागि विदेश जाँदै हुनुहुन्छ र त्यहाँ बसोबासको प्रबन्ध मिलाउन हुने झन्झटका कारण चिन्तित हुनुहुन्छ भने तपाईँका लागि खुसीको खबर छ। विदेश गएर अध्ययन गर्ने विद्यार्थीहरूलाई आवास खोजिदिने संस्था युनिएक्को नेपाली बजारमा प्रवेश गरे सँगै अब यो समस्या समाधान हुने भएको हो। केही समयअघि सुरु गरिएको यो संस्थाले प्रमुख शैक्षिक गन्तव्यहरूमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि आवास सेवा प्रदान गर्दै आएको छ।
नेपालमा भर्खरै सुरु गरिएको भए पनि १० भन्दा बढी देशहरूमा युनिएक्कोको उपस्थिति रहेको छ। हालसम्म ५० हजार भन्दा धेरै विद्यार्थीहरूको आवास सहयात्री बनिसकेको ग्लोबल ब्रान्ड युनिएक्कोले ७०० भन्दा बढी सहरहरूमा सेवा दिँदै आएको छ। १५ लाख बेड सम्मको सुविधा दिन सक्ने क्षमता यो संस्था सँग रहेको बताइएको छ। युनिएक्को पहिलो बहुराष्ट्रिय विद्यार्थी आवास सुविधा प्रदायक संस्था हो। चिनमा आधारित यो बहुराष्ट्रिय ब्रान्डको चिन सहित भारत र युकेमा पनि कार्यालय रहेको छ।
केही दिन अघि मात्रै एक वेबिनार आयोजना गरी नेपाली परामर्श व्यवसायीहरूलाई यसबारे जानकारी गराइएको थियो। वेबिनारमा भएको उत्साहजनक उपस्थितिले नेपाली बजार युनिएक्कोलाई स्वागत गर्न तत्पर छ भन्ने संकेत गरेको युनिएक्कोका नेपाल निर्देशक फिलिप डिसी बताउँछन्। विश्वभरका प्रमुख शैक्षिक गन्तव्यहरूमा नेपाली विद्यार्थीहरूको लागि उपयुक्त आवास विकल्पहरू फेला पार्न सहयोग गरिने हुँदा विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूको समस्या अब सजिलै समाधान हुने उनको विश्वास थियो।